Incident Reports

वीरगन्जमा प्रहरीको गोली लागि एकको मृत्यु तीन गम्भीर

2015-09-20

Madhes, Parsa, Birgunj, Ward 2

कर्फ्यु तोडेर प्रदर्शनमा उत्रिएका आन्दोलनकारीमाथि प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ। यस्तै प्रहरीको गोली लागि ३ जना गम्भीर घाइते भएका छन्। प्रहरी र प्रदर्शनकारीको झडपमा करिब तीन दर्जन घाइते भएका छन्। घाइतेहरूको वीरगन्ज उपक्षेत्रीय अस्पतालमा उपचार भइहरेको छ। अहिले वीरगन्जको घन्टाघर, माइस्थान क्षेत्र तनावग्रस्त छ। प्रहरीको गोली लागि मृत्यु हुनेमा स्थानीय पकाहमैनपुरका सत्रुधन पटेल रहेका छन्।

संविधानविरुद्ध प्रदर्शन, झडपमा एकको मृत्यु, १५ बढी घाइते संयुक्त मधेसी मोर्चाका कार्यकर्ताले वीरगन्जमा आइतबार बिहानदेखि गरेको प्रदर्शनक्रममा प्रहरीसँग झडप हुँदा एक प्रदर्शनकारीको मृत्यु भएको छ। प्रदर्शनकै क्रममा १५ भन्दा बढी घाइते भएका छन्। घाइते हुनेमा पूर्व राज्यमन्त्री करिमा बेगम र एक प्रहरी अधिकृत पनि छन्। वीरगन्जमा स्थानीय प्रशासनद्वारा घोषित दंगाग्रस्त क्षेत्रमा र कर्फ्यु अवज्ञा गर्दै कालो झन्डासहित बेग्लाबेग्लै समूहमा रहेका प्रदर्शनकारी नगरको मुख्य क्षेत्रमा प्रवेश गरी नाराबाजी सुरु गरेका थिए। सूरक्षाकर्मीले प्रदर्शन नियन्त्रण गर्न खोज्दा माईस्थान चोकमा भएको दोहरो झडपमा गोली लागेका ७ जनामध्ये पर्सा, पकहा मैनपुरका २८ वर्षे शत्रुधन पटेलको उपचारको क्रममा नारायणी उपक्षेत्रीय अस्पतालमा मृत्यु भएको हो। सोही ठाउँमा गम्भीर घाइते भएका पर्सा बगहीका मुन्सी राउत कुर्मी र सिसियारी बैरियाका विजय यादवलाई उपचारको लागि काठमाडौं पठाइएको नारायणी उपक्षेत्रीय अस्पतालले जनाएको छ। दिउँसो १ बजे भएको माईस्थानको झडपमा अलौका प्रदीप गुप्ता, श्रीपुरका विनोद चौधरी, रानीघाटका केदार देवान र ठेगाना नखुलेका मुन्सी पटेल लगायत घाइते भएका थिए। त्यसअघि करिब १२ बजे घन्टाघर चोकमा भएको दोहरो झडपमा प्रदर्शनकारीको ढुंगाले प्रहरी निरीक्षक शेख अदालत र प्रहरीको लाठीचार्जमा पर्सा बहुअर्वाभाठाका शिवनन्दन मुखिया बिन र महिला प्रदर्शनकारी मिथलेश सिंह घाइते भएका थिए। साँझ ४ बजे भएको अर्को झडपमा प्रहरीको कुटाइबाट पूर्व राज्यमन्त्री बेगमसहित अन्य चार जना घाइते भएका थिए। प्रदर्शनकारीलाई घन्टाघर र माईस्थानमा प्रहरीले रोक्न खोज्दा दोहोरो झडप भएको थियो। प्रहरीले दर्जनौ राउन्ड गोली र अश्रुग्यास प्रहार गरेका थिए। मधेसी मोर्चाका कार्यकर्ताले गण्डकस्थित प्रहरी चौकी तोडफोड गरेका छन् । वीरगन्ज श्रीपुरस्थित सभासद राजकुमार गुप्ताको घरमा आन्दोलनकारीले ढुंगा प्रहार गरेका छन्। ढुंगा प्रहारबाट घरको ‰यालमा क्षति पुगेको छ। दंगाग्रस्त घोषित क्षेत्रमा मोर्चाका कार्यकर्ताले ठाउँ–ठाउँमा टायर बालेर विरोध प्रदर्शन गरे। गाउँगाउँमा पनि विरोध जुलुस प्रदर्शन भएको छ। त्यसैगरी बाराको सदरमुकाम कलैयामा स्थानीय प्रशासनबाट घोषित निषेधित क्षेत्रमा आइतबार दिनभर विरोध प्रदर्शन भएको छ। इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक पुरुषेत्तम खड्का चढेको गाडीलाई जितपुरमा प्रदर्शनकारीले तोडफोड गरे। रौतहटका विभिन्न गाविसमा आइतबार बिहानैदेखि प्रदर्शन भयो। संविधानमा मधेसी, थारु, मुस्लिम र आदिवासी/जनजातिको हक–अधिकार कुण्ठित भएको भन्दै दक्षिणी भेगका अधिकांश गाउँका स्थानीयले कालो दिन मनाए। बहुमतको नाममा कांग्रेस, एमाले र एमाओवादीले हरेक प्रक्रियाबाट बाहिरिन विवश पारेको भन्दै मधेसवादी दलले आइतबार कालो दिन घोषणा गरेको सद्भावना पार्टीका केन्द्रीय सदस्य योगेन्द्र यादवले बताए। रौतहटको मत्सरी, गंगापिपरा, पचरुखी, भलाहिया, जेठरहिया, मिठुअवा, सखुअवा, शिवनगर, गरुडा, रघुनाथपुर, जिगडिया, हर्षाहा, सखुअवा धमौरा, कटहरिया, समनपुर, झुन्खुनवा, हजमिनिया, वसन्तपुर, बडहर्वालगायत दर्जनौँ गाविस र गौर नगरपालिका सम्पूर्ण वडामा बिहानैदेखि प्रदर्शन भएको थियो। गाउँगाउँबाट लाठी, भाटासहित आएका प्रदर्शनकारीले दंगाग्रस्त क्षेत्र तोडेर जिल्लाको प्रमुख व्यापारिक केन्द्र गरुडा बजारस्थित नेपाली कांग्रेस कार्यालय र तुलसीलाल प्रतिष्ठानको भवनमा रहेको नेकपा एमालेको कार्यालयमा आगजनी गरेका थिए। कार्यालयका फर्निचर तोडफोड गर्दै आगो लगाएपछि निभाउन गएको प्रहरी टोली र प्रदर्शनकारीबीच झडप भएको थियो। आगो निभाउन गएका प्रहरीलाई चारैतिरबाट घेरेर प्रदर्शनकारीले ढुंगामुढा गरेका थिए। घटनामा पाँच प्रहरी घाइते भएको प्रहरी निरीक्षक सन्तुलाल प्रसाद जैसवालले बताए। बारामा पनि संयुक्त मधेसी मोर्चाका कार्यकर्ताले संविधानविरुद्ध प्रदर्शन गरेका छन्। जिल्लाको उत्तरी भेग सिमरा, पथलैया, अमलेखगन्ज र निजगढबाहेक अधिकांश भागमा दिनभरि कालोझन्डासहित प्रदर्शन भएको छ। मधेस केन्द्रीत दलहरुले आजको दिनलाई कालो दिवसका रुपमा मनाउन आह्वान गरेपछि जिल्लामा रहेका अधिकांश मधेसी, थारु, आदिवासी, जनजाति, मुस्लिम समुदाय बिहानैदेखि गाउँगाउँमा कालो झन्डासहित प्रदर्शन गर्दै सदरमुकाम कलैयामा जम्मा भएका थिए। उत्तरी भागमा रहेको सिमरा, पथलैया, निजगढ र अमलेखगन्जमा भने कांग्रेस, एमाले, एकीकृत माओेवादी, राप्रपा नेपालका कार्यकर्ता र गैर सरकारी संस्थाहरुले

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Small arms
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Police
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation Madhes-based Parties
Actor 2 - Youth na
Total Killed 1
Total Injured 17
National/Online Media

0 Comments