Incident Reports

धरानमा संविधानको स्वागत र विरोध गर्ने बीच झडप

2015-09-20

Province 1, Sunsari, Dharan, Ward 9

नयाँ संविधानको स्वागत गर्ने पक्ष र विरोध गर्ने पक्षबीच धरानमा झडप हुँदा एकजना घाइते भएका छन् । धरान–१७ रेल्वेमा कांग्रेस, एमाले र एमाओवादी कार्यकर्ताले संविधानको स्वागत गर्ने तयारी गरिरहेको बेला स्वागत कार्यक्रम बिथोल्न पुगेका संघीय समाजवादी फोरम नेपालका संघीय युवा संघ जिल्ला सदस्य कुमार दर्नाल घाइते भएका छन् । उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । संघीय समाजवादी फोरम सहितको लिम्बुवान संयुक्त संघर्ष समितिले संविधानको विरोध गर्दै आइतबारदेखि आमहड्ताल गरेको बेला स्वागत कार्यक्रम बिथोल्न पुग्दा झडप भएको थियो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Secondary Form Program Interference/Obstruction
Weapons None
Primary Cause Other political issues
Secondary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Other/multiple/unspecified political affiliation
Actor 1 - Entity Federal Socialist party
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation Nepali Congress and affiliated org UML and affiliated org CPN (Maoist Center) and affiliated org
Actor 2 - Youth na
Total Injured 1
National/Online Media

0 Comments