Incident Reports

लिम्बूवान कार्यकर्ताद्वारा बिरामी बोकेको भ्यान तोडफोड

2015-09-21

लिम्बूवानका कार्यकर्ताहरूले बन्दको अवज्ञा गरेको भन्दै इलाममा बिरामी बोकेको मारुती भ्यानमा असोज ४ गते तोडफोड गरी क्षति पुर्‍याएका छन् । इलामको विब्याँटेबाट विरामी बालक लिएर जिल्ला अस्पताल इलाम आउँदै गरेको मे १ ज ७४१ नम्बरको मारुती भ्यानमा लिम्बूवानका कार्यकर्ताले तोडफोड गरी क्षति पुर्‍याएका हुन् । भ्यान तोडफोड गरेको आरोपमा लिम्बूवानका दुई कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको छ । गिरफ्तार हुनेमा दानाबारी गाविस-९ चिसापानीका ४५ वर्षीय शेरबहादुर लोक्ताम र चुलाचुली गाविस-३ का २८ वर्षीय मोहन देवान रहेका छन् । सो भ्यान तोडफोडपछि नयाँ संविधानको स्वागत समारोहमा सहभागी हुन आएका युवाहरूले जिल्ला सदरमुकामस्थित नविन चोकमा रहेको लिम्बूवानको कार्यालय घेराउ गरेका छन् । आक्रोसित युवाहरूले लिम्बूवानविरुद्ध नाराजुलुस लगाउँदै बन्द बजार खुलाएका छन् । प्रहरीले लिम्बूवान पार्टीको कार्यालयमा सुरक्षा दिइरहेको छ । लिम्बूवानले अनिश्चितकालका लागि गरेको बन्दका कारण इलाममा असोज ४ गते बिहानैदेखि ठूला तथा साना सवारी साधनहरू सञ्चालनमा आएका छैनन् । बजारहरू पनि दिनभर बन्द रहेका छन् । मोटरसाइकल भने फाटफुट गुडेका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Vandalism
Secondary Form Strike/Bandh
Weapons Unclear
Primary Cause Other political issues
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Limbhuvan/Khombuwan Armed Groups
Actor 1 - Youth noyouth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
Totally damaged Vehicles 1
INSEC

0 Comments