Incident Reports

बारामा प्रदर्शनकारीद्वारा पत्रकारमाथि हातपात

2015-09-22

बारामा अान्दोलनरत मधेसी मोर्चाका कार्यकर्ताले पत्रकारमाथि हातपात गरेका छन्। नेपाली कांग्रेसका बारा जिल्ला सभापती एवं सभासद राधेचन्द्र यादवको घरमा तोडफोड र आगजनी गर्न लागेको समाचार संप्रेषणका लागि पुगेका नेपाल प्रेस युनियन बाराका सदस्य एवं नेपाल पत्रकार महासंघ बाराका सचिव एवं उज्यालो ९० नेटवर्कका बारा समाचारदाता जयनारायण यादव, गोरखापत्र दैनिकका शिवशंकर मिश्रा र नेपाल पत्रकार महासंघ बाराका कोषाध्यक्ष एवं एभिन्यूज टेलिभिजनका बारा समाचारदाता भैयाराम साहमाथि आन्दोलनकारी मधेशवादी दलका कार्यकर्ताले हातपात गरेको नेपाल प्रेस युनियनले जनाएको छ। साथै उनीहरूले गोरखापत्र दैनिकका समाचारदाता मिश्राले बोकेको क्यामेरामा क्षति पुर्‍याएका छन्। युनियनले पत्रकारहरूमाथि भएको आक्रमणको विरोध गर्दै घटनामा संलग्न दोषीलाई कार्वाहीको लागि माग गरेको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons None
Primary Cause Issues related to freedom of expression and civil rights
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth na
Actor 2 - Number of people 3
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth na
National/Online Media

0 Comments