Incident Reports

कर्णाली यातायात व्यवसायी संघको केन्द्रीय कार्यालयमा बम विस्फोट

2015-09-22

Karnali, Jumla, Chandannath

कर्णाली यातायात व्यवसायी संघको प्रधान कार्यालयमा गए राति शक्तिशाली बम विस्फोट भएको छ। जुम्ला सदरमुकाम खलङ्गाको शान्तिनगर स्थित कार्यालयमा गएराति १ः२५ मा बम विस्फोट भएको हो। विस्फोटबाट कार्यालयमा क्षति पुगेको छ। टिकट काउन्टर ध्वस्त भएको छ। त्यहाँभित्र रहेका टिकटका ठेली, फर्निचर, चलानी ठेली जलेका छन्। नजिकै रहेको पवित्रा होटलको ट्वाइलेट समेत पूर्ण रुपमा ध्वस्त भएको छ। बस व्यवसायीबीचको विवादका कारण बम विस्फोट गराइएको हुनसक्ने प्रारम्भिक अनुमान छ।

कर्णाली यातायात व्यवासायी संघ र मध्य पश्चिम यातायात व्यवसायी संघबीच पहिलैदेखि विवाद चल्दै आएको छ। 'त्यही समूहले बम विस्फोट गराएको हाम्रो अनुमान छ', कर्णाली यातायात व्यसायी संघका महासचिव चन्द्रलाल न्यौपानेले भने, 'यसको स्वतन्त्र छानवीन हुनुपर्छ।' बम विस्फोट भएको स्थानमा प्रहरीले अनुसन्धान सुरु गरेको छ। अञ्चल प्रहरी कार्यालय कर्णालीका एसएसपी भोगबहादुर थापा तथा डिएसपी विष्णुहरि कोइराला घटनास्थल आइपुगेका छन्। 'घटनास्थलको प्रारम्भिक मुचुल्का उठाएर हामीले अनुसन्धान थालेका छौं। यातायात व्यवसायीबीचको टकराबले विस्फोट गराइएको हुनसक्छ', डिएसपी थापाले नागरिकन्युजसँग भने। संघले घटनाको छानवीन गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय जुम्लामा निवेदन दिने तयारी गरेको छ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Remote violence
Weapons Improvised explosive device (IED)
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Transport entrepreneurs/syndicate
Actor 2 - Youth na
Total damaged Buildings 1
National/Online Media

0 Comments

Related Reports