Incident Reports

नेपालगन्ज- रूपैडिया नाका तनावग्रस्त, प्रर्दशनकारी र प्रहरीबीच झडप

2015-09-26

Lumbini, Banke, Nepalgunj

पश्चिम नेपालको नेपालगन्ज-रूपैडिया नाकामा सवारी साधनहरुको आवागमनमा अबरोध पुर्‍याउन पुगेका मधेशवादी दलका कार्यकर्ता र प्रहरीबीच झडप हुँदा ४ प्रहरी र ५ जना प्रर्दशनकारी घाईते भएका छन्। प्रर्दशनकारी र प्रहरीबीच भएको झडपमा नेपाल प्रहरीका नायब निरीक्षक सई दिलबहादुर घर्ती, हवल्दार सुरेश बस्याल, प्रहरी जवान कलम बिक, कमल खनाल घाइते भएका छन्। प्रर्दशनकारी मध्येकी ममता बाँनियाको दायाँ खुटटामा गम्भीर चोट लागेको छ। यस्तै प्रदर्शनकारी तर्फ बानियाँ, जगधिश बहादुर सिंह, अमृतलाल कुर्मी, रामकुमार सोनी, र जमिन शेख घाइते भएका छन्। अन्य घाईतेहरुको अबस्था सामान्य छ। प्रहरीले प्रर्दशनमा रहेका केही नेताहरूलाई नियन्त्रणमा लिन खोजेपछि प्रर्दशनकारी र प्रहरीबीच झडप भएको संघीय समाजवादी पार्टी फोरमका केन्द्रीय सदस्य जगघिब बहादुर सिंहले बताए। घाईते प्रर्दशनकारी र प्रहरीको नेपालगन्ज मेडिकल कलेजको शिक्षण अस्पताल नेपालगन्जमा उपचार भई रहेको छ। प्रहरीसँगको झडप पछि प्रर्दशनकारीहरू सीमापारी भारतीय क्षेत्रमा पुगेका छन्। भारतीय क्षेत्रमा बसेर प्रर्दशनकारीहरुले नेपाली सुरक्षाकर्मीहरु माथि ढुंगा प्रहार गरेका थिए। भारतीय भूमिबाट मधेशबादी दलका कार्यकर्ताहरुले नेपाली भूमिमा रहेका नेपाली सुरक्षाकर्मीहरुलाई ढुंगा हाने पछि भारतीय सुरक्षाकर्मीहरुले प्रर्दशनकारीहरुलाई लखेटेको छ। सीमामा झडप भएपछि भारतीय नाका हुँदै नेपाल भित्रने मालबाहक ट्रक तथा अन्य सबारी साधनहरु समेत भारतमै रोकिएका छन्।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons None
Primary Cause Law and Order Violence
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation Police
Actor 2 - Youth na
Total Injured 9
Female Injured 1
National/Online Media

0 Comments