Incident Reports

पोखरामा मोदीको पुत्लासँगै भारतको झण्डा पनि जलाए

2015-09-29

पोखरामा विद्यार्थीहरूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला र भारतको झण्डा जलाएका छन्। संयुक्त आन्दोलन विद्यार्थी समिति कास्कीले पोखराको भारतीय पेन्सन क्याम्प अगाडि नरेन्द्र मोदीको पुत्ला जाएका थिए भने भारतीय झण्डा समेत जलाएको छन्। बहुसंख्यक नेपालीले बनाएको नेपालको संविधानमा असहमति जनाएर नेपालमा अघोषित नाकाबन्दी गरेको विरोधमा पुत्ला र झण्डा जलाएका हुन्। पोखरामा रहेको भारतीय पेन्सन क्याम्प अगाडि बिहान १० बजे देखि ११ बजेसम्म धर्ना दिएका थिए। विद्यार्थीहरुले कोण सभामा भारतले अन्तर्राष्ट्रियका कानुन विपरीत नेपालमा नाका बन्दी गरको भन्दै फिर्ता लिन आग्रह गरे। उनीहरूले अन्तर्राष्ट्रियका कानुनको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले धज्जी उडाएको भन्दै छिटो फिर्ता लिएर नेपालको आपूर्ति सहज बनाउनुपर्ने बताए। उनीहरूले भारतीय विस्तारवाद मुर्दावाद, नेपाली भूमिमा भारतीय रबैया बन्द गर, नेपाली स्वाभीमान झुकाउने मधेशवादी दलको आन्दोलन फिर्ता गर, सबै नेपाली एक हौं, देश कोहि नेतालाई कारबाही गर, भारतीय ठूलदाई बन्न छाड् लगाएतका नारा लगाएका थिए।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Students
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Foreign State
Actor 2 - Youth na
National/Online Media

0 Comments