Incident Reports

बर्दियामा थारू आन्दोलनकारी र प्रहरीबीच झडप, ८ सेल अश्रुग्यास प्रहार

2015-10-01

Lumbini, Bardiya, Barbardiya, Ward 9

थरुहट थारुवान संघर्ष समितिका प्रर्दशनकारी र प्रहरीबीच झडप हुँदा बर्दियाको मैनापोखर तनावग्रस्त भएको छ। थारु आन्दोलनकारी महिलाहरुले रोकेको गाडी छुटाउने क्रममा दुईपक्षबीच विवाद हुँदा झडप भएको हो। झडपका क्रममा ३ जना प्रहरी घाइते भएका छन् । घाइते हुनेमा सशस्त्र प्रहरी हवल्दार नरजंग रोका, प्रहरी हवल्दार तिर्थराज गिरी प्रहरी जवान गिता चौधरी रहेका छन्। भीडलाई नियन्त्रण गर्न नेपाल प्रहरी र शसस्त्र प्रहरीले ८ सेल अश्रुग्यास प्रहार र लाठ्ठी चार्ज गरेको प्रहरीले जनाएको छ। आन्दोलनकारीको तर्फ ८ जना सामान्य र २ जना गम्भीर घाइते भएको आन्दोलनकारीले बताएका छन्। घाइते दुई आन्दोलनकारीको थप उपचारका लागि नेपालञ्ज लगिएको छ। चितवनदेखि कञ्चनपुरसम्म थरुहट प्रदेशको माग गर्दै आएका थरुहट संयुक्त मधेसीमोर्चाले कुनै पनि हालतमा ७ प्रदेशको सीमांकन नमान्ने बताउँदै आएका छन्। आफूहरुको मागप्रति बेवास्ता गरिएको भन्दै ४ दिनदेखि आन्दोलन अझ शसक्त वनाउदै राजमार्ग र नाका केन्द्रीत गरेका थिए। भाद्र १८ गते सोही क्षेत्रमा झडपका क्रममा प्रहरीहबल्दार देबहादुर पाण्डे गोली लागी मृत्यु भएको थियो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Blunt weapon
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Tharu Organizations
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation Police
Actor 2 - Youth na
Total Injured 13
National/Online Media

0 Comments