Incident Reports

एमाओवादी नेता रामचन्द्र झाद्वारा पत्रकारलाई धम्की

2015-09-30

Madhes, Dhanusha, Janakpur, Ward 1

 अन्नपूर्ण पोष्ट दैनिककी जनकपुर सम्वाद्दाता २५ वर्षीया मनिका झालाई एकीकृत माओवादीका पोलिटब्यूरो सदस्य रामचन्द्र झाले समाचारको विषयलाई लिएर धम्की दिएका छन् । नेता झाले असोज १३ गते बिहान पत्रकार झालाई फोन गरी आफ्नो कार्यक्रममा उपस्थित हुन रोक लगाउने धम्कीपूर्ण भाषा प्रयोग गरेको पीडितले बताइन् । गत असोज १२ गते पूर्व प्रधानमन्त्री डा। बाबुराम भट्टराईले जनकपुरमा सम्बोधन गरेको कार्यक्रममा नेता झालाई प्रदर्शनकारीले हातपात गरेको समाचार अन्नपूर्ण पोष्ट पत्रिकामा छापिएको विषयलाई लिएर आफूलाई फोन गरी कसैको बहकाउमा समाचार र फोटो छापेको भन्दै फोनमा धम्की दिएको पत्रकार झाले जानकारी दिइन् । पत्रकार झाले मैले कार्यक्रममा जे देखेँ सोही कुरा समाचार बनाएको बताइन् । एमाओवादी नेता झाले धम्की भने पत्रकारलाई नदिएको बताए । पित पत्रकारिता र अनुचित समाचार सम्प्रेषन नगर्न सम्झाएको एमाओवादी नेता झाले बताए । कुनै पनि पत्रकारलाई कार्यक्रममा रोक लगाउने, धम्की दिने वा त्यस्तो कुरा भन्ने मान्छे आफू नभएको एमाओवादी नेता झाले जानकारी दिए । असोज १२ गते पूर्व प्रधानमन्त्री डा। बाबुराम भट्टराईले मधेस आन्दोलनमा ऐक्यबद्धता र समर्थन गरी हिँडेपछि आक्रोसित युवाहरूले डा। भट्टराईले सम्बोधन गरेको मञ्च जलाएका थिए । मञ्च जलाउने क्रममा मञ्चमा रहेका एमाओवादीका नेता रामचन्द्र झा, प्रभु साह, रामकुमार शर्मा लगायतका नेताहरूले आक्रोशित युवालाई रोक्न खोजेपछि तनाव उत्पन्न भएको थियो । बिनोदकुमार रविदास
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Threat/intimidation
Primary Cause Issues related to freedom of expression and civil rights
Actor 1 - Number of people 1
Actor 1 - Affiliations CPN (Maoist Center) and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth youth
INSEC

0 Comments