Incident Reports

बिरामीको मृत्युपछि अस्पतालमा तनाब

2015-10-03

Bagmati, Chitawan, Bharatpur

टाउको दुख्ने समस्याले दुई महिनाअघि अस्पताल भर्ना भएका व्यक्तिको निधन भएपछि मृतकका आफन्तले अस्पतालले उपचारमा लापरवाही गरेको भन्दै विरोधमा उत्रेका छन्। पुरानो मेडिकल कलेज भनिने कलेज अफ मेडिकल साइन्सेसको भरतपुरमा रहेको शिक्षण अस्पतालमा बर्दिया बाँसगढी स्थायी घर भएका ३४ वर्षीय कृष्ण बराल (माधव) को निधन भएपछि आफन्त विरोधमा उत्रेका हुन्। मृतकका आफन्तहरुले आइतबार अस्पतालमा प्रर्दशन र धर्ना दिए। उनीहरुलाई हटाउन खोज्दा केही बेर अवस्था तनावपुर्ण भएको थियो। 'टाउँको दुख्यो भनेर मोटरसाइकल चढेर अस्पताल आएको हिँडेर अप्रेशन थिएटरभित्र छिरेको व्यक्तिलाई अस्पतालले मर्योा भनेर घोषणा गरेको छ। उपचारमा भएको लापरवाहीले नै यस्तो भएको हो' मृतकका काका लालप्रसाद बरालले भने। अस्पतालमा बरालको साउन ५ गते शल्यक्रिया भएको थियो। 'सामान्य अप्रेशन हो। हप्ता दिनभित्र निको हुन्छ। खर्च धेरै लागेमा दुई लाख रुपैयाँसम्म लाग्ने हो भनियो। तर लामो सयम आइसीयुमा राखेर हिजो मृत घोषित गरियो। उपचार खर्च २१ लाख रुपैयाँ लाग्यो भनिदै छ। यो त साह्रै मनोमानी भयो' मृतकका काका लालप्रसादले भने। केही दिनअघि सम्म पनि अस्पतालले बिरामी ठिक हुन्छ भन्दै आएकोमा मृत घोषित गरेकाले आफुहरु अचम्मित भएको उनको भनाइ छ। 'सामान्य अप्रेशन भनेर यस्तो अवस्थामा पुर्यामइयो। के भएको हो प्रष्ट भन्नु पर्योभ। मृतकको परिवारको पनि समस्या छ। अस्पतालले त्यस तर्फ पनि हेर्नु पर्छ' काका लालप्रसादले भने। अस्पतालका प्रतिनिधि हिमनाथ घिमिरे उपचारका कुनै कमजोरी र गल्ती नभएको बताउँछन्। 'अप्रेशन गरेपछि समस्या बल्झिदै गएर यस्तो दुखद अवस्था आएको हो। हामीले आफ्नो तर्फबाट सक्दो प्रयास गरेका हौं। गल्ती वा लापरवाही भएको होइन' घिमिरेले भने। उनले शव बुझेर लैजान र अस्पतालमा प्रर्दशन नगर्न आफन्तहरुसँग अपिल गरेका छन्। तर मृतकका आफन्तहरु घटनाको छानबिन गरेर दोषि देखिएकालाई कारवाही हुनु पर्ने, मृतकका आश्रित परिवारका लागि अस्पतालले पनि सक्दो सहयोग गर्नु पर्ने प्रतिवद्धता नआएसम्म शव नबझु्ने अडानमा छन्। 'हामीले मृतकलाई ज्युँदो गर्नु पर्छ भनेका छैनौ। यत्रो समयसम्म गुमराहा राखियो र परिवारको साहरा छिन्ने काम भयो। त्यसैले हामी शव बुझ्ने पक्षमा छैनौं' काका लालप्रसादले भने।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Other violent form
Weapons None
Primary Cause Extra-judicial response related to perceived healthcare malpractice/after death of patient
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Health sector/health workers, doctors
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
Total Killed 1
National/Online Media

0 Comments

Related Reports