Incident Reports

मधेसी युवा समूहले भारदहमा चीनको झण्डा जलाए

2015-10-07

Madhes, Saptari, Shambhunath

 स्वतन्त्र मधेसी युवा समूहले असोज २० गते पोर्ताहा गाविसस्थित पूर्व-पश्चिम महेन्द्र राजमार्गमा पर्ने पोर्ताहा चोकमा छिमेकी राष्ट्र चीनको झण्डा जलाएका छन् । पोर्ताहा गाविसस्थित कङ्कालिनी माबिबाट निस्केको जुलुस भारदह गाविसस्थित चौकको परिक्रमा गरी पोर्ताहा चौकमा पुगेर प्रदर्शनकारीहरुले चीनको झण्डा जलाएका हुन् । जुलुसका सहभागीहरुले चीन गो ब्याक, मधेस आन्दोलनमा भारतीय सहयोग जिन्दावाद लगायतका नारा लेखिएको प्लेकार्ड बोकेका थिए । संबिधान सभाबाट असोज ३ गते जारी नेपालको संविधानलाई चीनले स्वागत गरेको, मधेस आन्दोलनलाई समर्थन नगरेको, मधेसीको नाकाबन्दीको बिरोध गरेकोले चीनको झण्डा जलाएको जुलुसका अगुवा शंकर खिडहरी यादवले बताए । भारत जिन्दावादको नारा लगाउँदै प्रदर्शनमा उत्रेका सहभागीहरूले मधेसको माग सम्बोधन गराउन सरकार र तीन दललाई दवाव दिन यस किसिमको कार्यक्रम गरेको बताए । आन्दोलनका क्रममा प्रहरीको गोलीले भदौ १ गते भारदह गाविस-१ मा २६ वर्षीय राजिब भनिने राजेन्द्र कुमार राउत र पोर्ताहा गाविस-२ का ६२ वर्षीय रामकृष्ण राउतको मृत्यु भएको थियो । मनोहरकुमार पोखरेल
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Demonstration
Secondary Form Arson
Weapons Fire
Primary Cause Other political issues
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
INSEC

0 Comments