Incident Reports

सल्यानमा तीन यात्रुबाहक बस लुटियो

2015-10-09

Karnali, Salyan, Sharada

सल्यानमा शुक्रबार बिहान ३ वटा यात्रुबाहक बसमा लुटपाट भएको छ। आज बिहान साढे २ बजेतिर नौ जनाको संख्यामा रहेका लुटेरा समूहले यात्रुहरुलाई पेस्तोल देखाई लुटपाट गरेको राप्ती अञ्चल प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ। नेपालगन्ज–दाङ तुलसीपुर हुँदै रुकुमको चौरजहारी तर्फ जाँदै गरेका ३ वटा यात्रुबाहक बस सल्यानको स्विकोट गाविसको बरुली भन्ने स्थानमा लुटेराहरुले लुटेको प्रहरीले बताएको छ। लुटेराहरुले यात्रुबाट अन्दाजी १० देखि १२ लाखसम्म रकम र ५५ देखि ८० थानसम्म मोवाइल समेत लुटेर लगेका छन्। लुटेरासँग प्रतिकार गर्न खोज्दा ३ जना यात्रु गम्भीर घाईते भएको गाडीका सहचालक सर्जन बुढाले जानकारी दिए। प्रतिकारका क्रममा सल्यान स्वीकोट –५ निवासी सुभलाल पुनलाई लुटेराहरुले खकुरी प्रहार गरी गम्भीर घाइते बनाएका छन्। उनलाई पछाडिबाट कुखुरी प्रहार गरी घाईते बनाएको र स्थानीय मेडिकलमा उपचार भइरहेको राप्ती अञ्चल प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ। सल्यान र रूकुमको सीमानामा पर्ने उक्त स्थानमा नौं जनाको संख्यामा रहेका लुटेराले पेस्तोल जस्तो बस्तु देखाएर दशैं मनाउन घर जाँदै गरका यात्रु, गाडीका स्टाफ लगायतलाई लुटपाट गरेका हुन्। लुटिनेमा सबै भारतबाट मजदुरी गरेर दशैं मनाउन घर फर्किएका सर्वसाधारण रहेको बताइएको छ। बिहिबार ५ बजे नेपालगन्जबाट चौरजहारीका लागि छुटेका भेरी अञ्चल बस ब्यवसायी समितिको ना ५ ख ५९७ र भेरी राप्ती बस ब्यबसायी समिति रुकुमको ना ४ ख १३१७ र ना ४ ख ६३८६ नं का यात्रुबाहक रात्री बस लुटिएका हुन्। गाडीका स्टाफका अनुसार ९ जनाको समूहमा आएका लुटेराहरूको समूहले पेस्तोल, राईफल र खुकुरी देखाएर लुटपाट गरेका हुन्। यात्रुहरूका अनुसार लुटेराहरुले २ करोड बराबरको रुपैयाँ लुटेर लगेको अनुमान गरेका छन्। लुटेराहरूले ३ वटै गाडीका रकम समेत लुटेका थिए। घटनास्थललाई घेरामा राखेर प्रहरीले सर्च अभियान शुरु गरेको राप्ती अंचल प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ। यसअघि पनि चाडवाडको समयमा दाङ र सल्यानको पहाडी इलाकामा यस्तै प्रकृतिका लुटपाट हुने गरेका थिए।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Robbery
Secondary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Robbery/burglary/violent theft
Secondary Cause Robbery/burglary/violent theft
Actor 1 - Number of people 9
Actor 1 - Affiliations Criminal
Actor 1 - Youth na
Actor 2 - Number of people 30
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
Total Injured 3
National/Online Media

0 Comments

Related Reports