Incident Reports

सीमा नाकामा मोर्चाको नाकाबन्दी जारी, शीर्ष नेताको पुतला दहन

2015-10-11

Madhes, Parsa, Kalikamai

आन्दोलनरत मधेसी मोर्चाले असोज ७ गतेदेखि गरेको नाकाबन्दी असोज २४ गते पनि जारी राखेको छ । मोर्चाको धर्नाका कारण नेपालको मुख्य भन्सार नाका बीरगञ्जबाट कुनै पनि मालसामान भित्रिन पाएको छैन । ठूला मालबाहक गाडी रोकिएका छन् । त्यस्तैगरी मोर्चाले गत साउन ३० गतेदेखि आह्वान गरेको अनिश्चितकालीन आमहड्ताललाई पनि निरन्तरता दिँदै आएको छ । आमहड्तालका कारण शिक्षण संस्था, कलकारखाना, यातायात, बजार सबै ठप्प रहेको छ । बन्दले तराईको जनजीवन अत्यन्तै कष्टकर बनेको छ । पछिल्लो समयमा आन्दोलनमा सहभागीता दिन प्रतिदिन बढ्दै गैरहेको छ । गाँउ गाँउबाट मानिसहरु ट्याक्टर र मोटरसाइकलमा विभिन्न बाजागाजा सहित धर्नामा आउने गरेका छन् । उनीहरुले धर्नामा बसेकाहरुलाई खाद्यान्न र पानी समेत सहयोग गरिरहेका छन् । नाकाबन्दी गर्न आन्दोलनकारीहरु २४ सौँ घण्टा धर्नामा बस्ने गरेका छन् । आज पर्साको भेडिहारी गाविसका स्थानीयवासीहरुले गाउँमा जुलुश निकाल्दै एमाले अध्यक्ष केपी शर्मा ओली, एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली काङ्ग्रेसका सभापति सुशील कोइराला र पर्सा क्षेत्र नम्बर नम्बर ४ का सांसद सुरेन्द्र चौधरीको पुत्ला समेत जलाएका छन् । यस्तै कुर्मी समाज पर्साले पनि आज मधेस आन्दोलनको समर्थनमा जुलुश निकालेको छ । समाजका अध्यक्ष संतोष पटेलको नेतृत्वमा घण्टाघरबाट निकालिएको जुलुश मितेरी पुलमा गएको हो । के.सी.लामिछाने
Details and Impacts
Violent / Non-violent Nonviolent
Event Duration More than 7 days
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Other governance issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
INSEC

0 Comments