Incident Reports

ज्यान मारेर फरार महिला १३ वर्षपछि पक्राउ

2015-10-17

Province 1, Khotang, Rupakot Majhuwagadhi, Ward 6

RSS ज्यान मारेर फरार खोटाङकी एक महिला १३ वर्षपछि पक्राउ परेकी छन्। विसं २०५९ असोज २ गते उदयपुरको आँपटार–९ का नवराज रायमाझीको हत्या गरेर फरार राजापानी– ७ की ३० वर्षीया परिमाया राई पक्राउ परेकी हुन्। जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएका प्रहरी नायब निरीक्षक दीपेन्द्रकुमार चौधरीको विशेष टोलीले अभियुक्तलाई लुकीछिपी घरैमा बसिरहेको अवस्थामा पक्राउ गरेको प्रहरी नायब उपरीक्षक विद्यानन्द माझीले जानकारी दिए। राजापानी–७ का नीरबहादुर राई, परिमायालगायत पाँच जनाको समूहको लात्ती, मुड्की र लाँठी प्रहारबाट रायमाझीको मृत्यु भएको प्रहरीले जनाएको छ । रायमाझीको हत्यामा संलग्न भएकामा परिमायालाई जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको थियो । पक्राउ परेका परिमायालाई शुक्रबार जिल्ला अदालतमा पेस गरिएपछि बिदाका कारण अदालती कामकाज बन्द भएकाले प्रहरी हिरासतमा राखिएको छ । अदालतकै आदेशमा पक्राउ गरिएका परिमायालाई बिदा सकिएलगत्तै अदालतमा उपस्थित गराइने माझीको भनाइ छ । विभिन्न मुद्दामा हालसम्म फरार रहेका दोषीलाई पक्राउ गर्न अदालतले साउन २७ गते पठाएको पत्रअनुसार परिमायालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । रासस
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Blunt weapon , Other
Primary Cause Unclear
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media

0 Comments

Related Reports