Incident Reports

थारु समुदायको मधेश आन्दोलनप्रति ऐक्यबद्धता, हात्तीसहित निकालियो जुलुस

2015-10-19

Madhes, Parsa, Birgunj, Ward 2

मधेस आन्दोलनको ६६ औं दिन र नाका बन्दको २५ आंै दिन आईतबार पर्सा र बाराका थारु समुदायले आन्दोलन प्रति एक्यवद्धता जनाएका छन् । संघिय समावेसी मधेशी मोर्चा तथा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले आह्वान गरेको मधेश बन्दलाई समर्थन जनाउदै थारु समाज पर्साका अध्यक्ष होमनारायण चौधरीको नेतृत्वमा निकालिएको जुलुसमा समाजका अगुवा एवं पुर्वमन्त्री मोहनलाल चौधरी,नन्दकिशोर पंजियार लगायत हजारौको संख्यामा समाजका अगुवा कार्यकर्ताहरुको सहभागिता रहेको थियो । हाती ,बाजा गाजा सहित हजारौंको संख्यामा सहभागिहरुले थारु मधेसी भाई भाई, थारु मधेसी एकता जिन्दाबाद, मधेशमा हत्या हिंसा र दमन बन्द गर, मधेसीसंग भएको सम्झौता लागु गर, मधेस विरोधी सविधान खारिज गर, जस्ता नारा लगाउदै वीरगंज रक्सौलको दशगजा क्षेत्रमा रहेको मितेरी पुलमा पुगेर धर्नामा बसेका छन् । संघिय समावेसी मधेसी मोर्चा र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरु, शिव पटेल, राजेशमान सिंह, निजामुदिन समानी ,प्रेमबाबु पटेल, शशिकपुर मियाँ, सुधिरनाथ पाण्डे, प्रदिप चौरसिया, किशोरी यादव, मुस्तकिम अंसारी, राजकुमार यादव लगायतकाले मोर्चाका अगुवा नेता तथा कार्यकर्ताहरुले मितेरी पुलमा ताली बजाएर जुलुसको स्वागत गरेका थिए । थारु समाजले आन्दोलनकारीहरुको लागि खाद्यन्न समाग्री समेत बितरण गरेको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Tharu and other plain indigenous groups
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments