Incident Reports

बस पल्टेर आगो लाग्दा ६ जनाको मृत्यु

2015-10-20

Lumbini, Banke, Rapti Sonari, Ward 1

बुटवलबाट नेपालगञ्जतर्फ जाँदै गरेको लु १ ख ५८२८ नम्वरको यात्रुबाहक बस मंगलबार बेलुका खास्खुस्मा-८ चप्परगौरी बाँकेमा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । दुर्घटना लगत्तै बसमा आगो लागेपछि यात्रुहरुको जलेर मृत्यु भएको थियो । शवहरु जलेर चिन्नै नसकिने भएकाले मृतकहरुको नाम ठेगाना पत्ता लाग्न नसकेको प्रहरीले बताएको छ । १० जना घाइतेको उद्धार गरिएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनाको सम्पूर्ण विवरण प्राप्त नभएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी कुवेर कडायतले जानकारी दिएका छन् । आगो लाग्नुको कारण पत्ता लाग्न नसकेको उनले बताए । तिब्र गतीमा रहेको बस सडकबाट २५ मिटर टाढा गएर रुखमा ठोकिएको र त्यसपछि आगो लागेको घाइतेहरुले बताएका छन् । वसमा करिव ३३ जना यात्रु रहेको प्रहरीले बताएको छ । बसभित्र पेट्रोल भएकाले दुर्घटना लगत्तै आगो लागेको घाइतेहरुको आशंका छ । दुर्घटना भएको दुई मिनेटमै बसमा आगो सल्कीएको घाईते लमही नगरपालीका वडा नंं १० देउपुर निवासी कविराज खनालले बताए । खनालसहित ५ जना घाईतेको प्राथमिक स्वास्थ्य केन्द्र लमहीमा उपचार भैरहेको छ । अन्य घाइतेहरुको अबस्था सामान्य छ । लमहीमा वुटवल-५ निवासी ४५ वर्षीय ददीकला न्यौपाने, उहाँका छोरा २२ वषिर्य विजय न्यौपाने र १८ वर्षकी छोरी सपना न्यौपाने तथा कचनापुर-१ बाँके निवासी १९ बर्षीय प्रकाश मगरको उपचार भैरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Arson
Weapons Fire
Primary Cause Others
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Transport entrepreneurs/syndicate
Actor 1 - Youth na
Actor 2 - Number of people 33
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
Total Killed 7
Total Injured 13
Totally damaged Vehicles 1
Severely damaged Vehicles 1
National/Online Media

0 Comments

Related Reports