Incident Reports

यात्रुवाहक सवारी साधनमा मधेसी मोर्चाका कार्यकर्ताद्वारा ढुङ्गामुढा, प्रहरीद्वारा अश्रुग्याँस तथा हवाइ फायर

2015-10-25

Gandaki, Lamjung, Ward 8

 पूर्व-पश्चिम राजमार्ग अन्तर्गत भारदह गाविस-१ स्थित सडकखण्ड हुँदै स्कर्टिङ्गमा गइरहेको यात्रुबाहक बस र मालवाहक ट्रकमा मधेसी मोर्चाका कार्यकर्ताले कात्तिक ६ गते राती ढुङ्गामुढा प्रहार गरेका छन् । प्रदर्शनकारीले प्रहार गरेको ढुङ्गा लागेर प्रहरीहरू छतिसकिरण कट्टेल, राजकुमार राजवंशी, किरण राई, सशस्त्र प्रहरी हवल्दार महमद थारु र धनबहादुर खत्री घाइते भएको सप्तरी प्रहरीले जनाएको छ । घाइते प्रहरीहरूको ठेलियास्थित धर्मेश्वर अस्पतालमा र सशस्त्र प्रहरी हवल्दारहरूको बरमझियास्थित सशस्त्र प्रहरी दन्तकाली गणमा उपचार भएको थियो । प्रहरीका अनुसार प्रदर्शनकारीहरूको ढुङ्गामुढाबाट सातवटा सवारी साधनको झ्यालका सिसा फुटेर यात्रीहरू समेत घाइते भएका छन् । प्रहरीको लाठीचार्जबाट एक दर्जन प्रदर्शनकारी घाइते भएको स्थानीयवासीले जानकारी दिए । ढुङ्गामुढा गर्ने प्रदर्शनकारीहरूलाई तितरवितर पार्न शसस्त्र प्रहरीले नौ सेल अश्रु ग्यास र नेपाल प्रहरीले पाँच राउण्ड रबरको गोली फायर गरेको डिएसपी नारायणप्रसाद चिमरियाले जानकारी दिए । दशैँका अवसरमा कंकालिनी मन्दिर परिसरमा लागेको सांस्कृतिक कार्यक्रम हेर्नेहरूको भीडमा लुकेर बसेका प्रदर्शनकारीहरूले सवारीसाधनमाथि ढुङ्गामुढा गरेका थिए । ढुङ्गामुढाबाट मन्दिरको धर्मशालाको सिसासमेत फुटेको छ भने सांस्कृतिक कार्यक्रम बिथोलिएको थियो । प्रहरीको स्कर्टिङ्गबाट कात्तिक ६ गते राति पूर्वबाट पश्चिमतर्फतीन सय ७५ र पश्चिमबाट पूर्वतर्फतीन सय २७ सवारी साधनलाई गन्तव्यस्थलतर्फपठाएको इन्स्पेक्टर लालध्वज सुवेदीले जनाए । मनोहरकुमार पोखरेल
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Vandalism
Weapons Blunt weapon
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
Total Injured 16
INSEC

0 Comments