Incident Reports

जनकपुरमा बन्द अझ सशक्त

2015-10-27

Madhes, Dhanusha, Janakpur, Ward 10

आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले अढाई महिना लामो बन्द हडताललाई अझ सशक्त बनाउँदै मोटरसाईकल संचालनमाथि समेत रोक लगाएको छ । मोटरसाईकलबाट पेट्रोलियम पदार्थ, ग्यास, औषधी, खाद्यान्नसहितका माल सामानको तस्करी भएको उल्लेख गर्दै मोर्चा समम्बद्ध केही नेताहरुले मोटरसाइकल संचालनमाथि रोक लगाउने मनःस्थिति बनाएको छ । वडा दसैंको समाप्ति पश्चात बसेको मोर्चाको बैठकले कालो झण्डा वा पार्टीको झण्डा लगाएरमात्र मोटरसाईकल संचालन गर्ने निर्णय गरेको थियो तर केही तस्करहरुले कालो झण्डा लगाएर पनि माल सामान तस्करी गर्न थाले पछि, केही नेताहरु मोटरसाइकल संंचालनमाथि पूर्णतः रोक लगाउने मनःस्थिति बनाएका छन् । संघीय समाजवादी फोरम नेपाल धनुषाका अध्यक्ष शेषनारायण यादवले मोटरसाइकल प्रयोग गरेर तस्करी भएको सूचना प्राप्त भएको कारण यसको संचालनमाथि रोक लगाउन सकिने बताए । यद्यपी यस विषयमा मोर्चाको आधिकारिक निर्णय हुन नसकेको सदभावना पार्टी धनुषाका अध्यक्ष संजय सिंहले जानकारी दिए । पछिल्लो समय मोटरसाइकल प्रयोग गरी सीमावर्ती भारतीय बाजारबाट ग्यास, पेट्रोलसहितका अतिआवश्यक वस्तुहरुको तस्करी गरी बर्दीवास सम्म पुर्‍याउने तथा त्यहाँबाट काठमाण्डौसम्म पुर्‍याइने गरिएको थियो । सद्भावना अध्यक्ष सिंहले वडा दशैं पश्चात नियमित प्रदर्शन संगै राजमार्ग तथा भारतीय सीमा नाकावन्दी कार्यक्रमलाई अझ सशक्त बनाइएको जानकारी दिए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Strike/Bandh
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
National/Online Media

0 Comments