Incident Reports

प्रहरी-मोर्चा कार्याकर्ताबीच विराटनगरमा झडप

2015-10-27

Province 1, Morang, Biratnagar

विराटनगरमा सोमबार साँझ मधेशी मोर्चाका कार्यकर्ता र प्रहरीबीच भएको झडपले तनाव भएको छ । मलाया रोडमा सडक छेउ धर्नामा बसेका मोर्चाका कार्यकर्तालाई प्रहरीले बल प्रयोग गरेर जवरजस्ती हटाउन खोजेपछि तनाव भएको हो । आईतबारदेखि मोर्चाका कार्यकर्ताहरू नेपाल भारत सीमा क्षेत्र रानी भन्दा तीन किलोमिटर उतर गौशाला जाने बाटोमा मलाया रोड छेउमा पाल टाँगेर धर्ना बस्दै आएका छन् । साँझ साढे ७ वजे तिर प्रहरीले धर्नाकारीलाई उठाउन खोजेपछि झडप भएको छ । संघिय समाजवादी फोरम नेपाल मोरङका नेता उमेश यादबका अनुसार प्रहरीले अहिले सम्म १० राउण्ड भन्दा बढी सेल अश्रुग्यास प्रहार गरेको छ भने सोही संख्यामा हवाई फायर गरेको छ । प्रहरीको कारवाही पछि प्रर्दसनकारी धर्नास्थल भन्दा केही छेउ लागेपनि टोल तिरवाट प्रर्दसनकारी थपिदै गएका छन् । मोरङका प्रहरी प्रमुख एसपी तारणीप्रसाद लम्सालले गस्तीमा रहेका प्रहरीमाथी पेट्रोल बम हानेकाले कारवाही गर्नुपरेको बताए । उनले प्रहरीवाट केही सेल अश्रुग्यास र केही राउण्ड हवाई फायर गरिएको बताए । अझै प्रहरी कारवाही जारी रहेकाले घटनामा प्रहरीका तर्फवाट भएको कारवाहीवारे यकिन भन्न नसकिने लम्सालले जनाए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Small arms , Improvised explosive device (IED) , Other
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Police
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation Madhes-based Parties
Actor 2 - Youth na
National/Online Media

0 Comments