Incident Reports

हतियार देखाउँदै ट्याक्टरमा ल्याएको इन्धनमा आगजनी

2015-10-30

Madhes, Sarlahi, Malangawa

सर्लाहीको गौरीशंकरमा ड्रममा डिजेल र पेट्रोल लिएर आउदै गरेको ट्याक्टरमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आगजीन गरेका छन्। शुक्रबार बिहान सिमावर्ती हरिपुर्वाबाट ज१त ६१८५ नम्बरको ट्याकटर भित्र ड्रममा रहेको करिब ३ सय लिटर डिजेल र ग्यालिमा करिब १ सय लिटर पेट्रोल लिएर लालबन्दी आउँदै गर्दा मोर्चाका कार्यकर्ताले नियन्त्रणमा लिएर आगजनि गरेका हुन्। ट्याक्टरमा हतियारसहित डिजेल र पेट्रोल लिएर आउँदै गरेका तस्करलाई गौरिशंकरमा घेर्न खोज्दा हतियार देखाएर जंगलतर्फ भाग्न सफल भएका थिए । हतियारसहित ड्राममा डिजेल र पेट्रोल लिएर जाँदै गरेको सुचना पाएका स्थानीय सागरनाथ जंगल घेराउ गरेर भक्तिपुर र गौरिशंकरको बीचको जंगलमा लुकाएर राखिएको ट्याक्टर, चालक सहित तीन तस्कर र ४ सय लिटर पेट्रोलीयम पदार्थ नियन्त्रणमा लिइएको मोर्चाका अशोक सिंहले जनाकारी दिए । आक्रोषित भिडले तत्कालै ट्याक्टर र ड्रममा राखिएको डिजेल, पेट्रोलमा आगजनी गरेका थिए। बन्द अवज्ञा गरी हतियार देखाउँदै तस्करी गरेका भन्दै आक्रोशिात भिडले पक्राउ परेका तीनै जनालाई कुटपिटसमेत गरेको गौरीशंकरका उपेन्द्र सिंहले जनाए । मोर्चाका कार्यकर्ताले गौरीशंकरमा यस अघि मोटर साइहल र साइकलमा ल्याउदै गरेका करिब एक हजार लिटर भन्दा बढी डिजेल र पेट्रोलमा आगजनी गरिसकेका छन्। बिहीबार बियरको बोतलमा पेट्रोल भारतबाट ल्याउँदै गर्दा नियन्त्रणमा लिएका थिए।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Arson
Secondary Form Strike/Bandh
Weapons Fire
Primary Cause Related to organized crime and illegal trade (drugs, arms, non-gendered human trafficking, protection racket, gang violence, etc.)
Secondary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth na
Actor 2 - Number of people 3
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
Totally damaged Vehicles 1
Severely damaged Vehicles 1
National/Online Media

0 Comments