Incident Reports

शिक्षक जैशी मृत अवस्थामा फेला

2015-10-29

Sudurpashchim, Kailali, Godawari

अत्तरिया नगरपालिका–४ को सडक छेउमा बिहीबार अछाम जिल्लाको एक विद्यालयका शिक्षक ४५ वर्षीय देवानन्द जैशी मृत अवस्थामा फेला पर्नुभएको छ । हातखुट्टा भाँचिएको र छाती पेटमा चोट पुगेको अवस्थामा शिक्षक जैशीलाई मृत फेला पारिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अछाम मुग्रा घर भई मङ्गलसेनस्थित सरस्वती प्राविका शिक्षक जैशी हाल अत्तरिया नगरपालिका–३ मा बस्दै आउनुभएको थियो । जैशीको सवारीसाधनको ठक्करबाट मृत्यु भएको आशङ्का गरिएको छ ।यस अघि बिहीबारै जिल्ला प्रहरी कार्यालय सञ्चार शाखाले शिक्षक जैशीलाई सडक छेउमा बेहोस अवस्थामा फेला पारिएकोमा उपचारका क्रममा उहाँको सेती अञ्चल अस्पतालमा मृत्यु भएको जानकारी दिएको थियो ।






Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Other
Primary Cause Law and Order Violence
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
Total Killed 1
National/Online Media

0 Comments

Related Reports