Incident Reports

चीनको झण्डा जलाउने मोर्चाका ४ नेता पक्राउ

2015-11-01

प्रहरीले चीनको झण्डा जलाउने कार्यमा संलग्न रहेको आरोपमा मधेसी मोर्चाका तीन जिल्ला स्तरीय ४ नेतालाई लाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा संघीय समाजवादी फोरमका पर्सा जिल्ला अध्यक्ष प्रदीप यादव, गणतान्त्रिक फोरमका विद्यार्थी नेता सञ्जय यादव , सद्भावनाका जिल्ला अध्यक्ष इम्दाद गददी, परिवार दलका ओमप्रकाश सर्राफ छन् । जिल्ला प्रहरी कार्यालय, पर्साका प्रहरी नायब उपरीक्षक होगिन्द्र बोगटीले पक्राउ परेका उनीहरूमाथि अनुसन्धान भइरहेको बताए । दुई दिनअघि वीरगञ्जमा भएको मधेसी मोर्चाको प्रदर्शनका क्रममा आन्दोलनकारीले चीनको झण्डा जलाएका थिए । मोर्चाले नेपालसँग चीनले पेट्रोलियम पदार्थ दिने सम्झौता गरेर अधिकारप्राप्तिको लागि मधेसमा भएको आन्दोलनमा असहयोग गरेको भन्दै मोर्चाले ब्याकअफचाइनाको प्लेकार्ड बोकिएको प्रदर्शनसहित चीनको झण्डा जलाएको थियो ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Arrest (politically significant)
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Police
Actor 1 - Youth na
Actor 2 - Number of people 4
Actor 2 - Affiliation (Target) Madhes-based Parties
Actor 2 - Youth na
National/Online Media

0 Comments