Incident Reports

बालविवाह गर्ने बालिका र अभिभावक गिरफ्तार

2015-11-03

Karnali, Surkhet, Lekbeshi, Ward 4

 वीरेन्द्रनगर नपा-२० कोलडाँडाका १४ वर्षीया तीन जना बालिका र उनीहरूका तीन जना अभिभावकलाई बालविवाह गराएको आरोपमा कात्तिक १७ गते प्रहरीले आ-आफ्नो घरबाट गिरफ्तार गरेको जनाएको छ । जिल्ला बाल कल्याण अधिकृत प्रेमप्रसाद आचार्यका अनुसार बालिकाका अभिभावकहरूमा डिलमाया सुनार, रूक्मी रावत र धिरबहादुर सुनार रहेका छन् । गिरफ्तार भएका सबै जना जिल्ला प्रहरी कार्यालयमा रहेका छन् । जिल्ला बालकल्याण समिति, आवाज, सिविन, सीमान्तकृत महिलाहरूका लागि महिला संस्था वाम, केड नेपाल लगायतका संस्थाका प्रतिनिधिहरूसहित जिल्ला प्रहरी कार्यालय सुर्खेतको समन्वयमा तीनजना किशोरी र उनीहरूका अभिभावकलाई पक्राउ गरिएको प्रहरीले जनाएको हो । कोलडाँडामा रहेको नागरिक सचेतना केन्द्रले दिएको जानकारी अनुसार अनुगमन गर्दा विवाह गरी घर परिवारले स्वीकार गरेको अवस्थामा फेला पारेपछि अभिभावकलाई समातिएको बालकल्याण अधिकृत आर्चायले बताए । विवाह गर्ने केटाहरू भने रोजगारीको लागि जिल्ला बाहिर रहेको र खोजी भइरहेको प्रहरीले जनाएको छ । जिल्लाका सरोकारवाला निकायमा बालविवाहको उजुरी नपरे पनि ग्रामीणस्तरमा बालविवाहका घटनामा कमी नआएको जिल्ला बालकल्याण समिति, सुर्खेतले जनाएको छ । दुर्गा थापा
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Public humiliation
Primary Cause Law and Order Violence
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth na
Actor 2 - Number of people 3
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
INSEC

0 Comments