Incident Reports

सप्तरीको भारदह र रुपनीमा गए राति प्रदर्शनकारी र प्रहरीबीच झडप

2015-11-09

सप्तरीस्थित पूर्व–पश्चिम राजमार्ग क्षेत्रमा स्थानीय प्रशासनले स्कर्टिङ गरी गन्तव्यसम्म पुर्‍याउने सवारीसाधनलाई रोक्ने उद्देश्यले गए राति राजमार्गमा धर्ना बसेका मधेसी मोर्चाका प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । सप्तरीको रुपनी र भारदहस्थित राजमार्ग क्षेत्रमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको हो । हिजो साँझदेखि नै धर्नामा बसेका सयौं नेता–कार्यकर्ताहरुलाई राजमार्गबाट प्रहरीले राती ११ बजेदेखि हटाउन खोजेका थिए । सोही क्रममा भारदह र रुपनीमा झडप भएको हो । राजमार्गमा धर्ना बसेका मधेसी मोर्चाका प्रदर्शनकारीको धर्नालाई हटाउने क्रममा भारदहमा ५ राउण्ड अश्रु ग्यास समेत प्रहरीले प्रहार गरेको थियो । रुपनी र भारदहमा प्रहरीले गरेको लाठी चार्जबाट दुई दर्जन बढी घाईते भएको र घाईते मध्येका मोर्चा नेता अशोलाल यादवको अवस्था गम्भिर रहेको मधेसी मोर्चाले दाबि गरेको छ । यता प्रहरीले भारदहबाट ६ र रुपनीबाट १७ जना मोर्चाका केन्द्रिय तथा जिल्ला स्तरीय नेताहरुलाई पक्राउ गरेको सप्तरी प्रहरीका प्रवक्ता डीएसपी नारायणप्रसाद चिमरियाले जानकारी दिए । रुपनीबाट पक्राउ पर्नेहरुमा पूर्व कृषि मन्त्री एवं मोर्चा नेता मृगेन्द्रसिंह यादव, फोरम नेपालका केन्द्रिय सदस्य शैलेन्द्रप्रसाद साह, सप्तरी अध्यक्ष दिनेश यादव, सद्भावना पार्टीका केन्द्रिय सदस्यद्वय दिपेन्द्र चौधरी र दिनेशकुमार यादव, विद्यार्थी मञ्चका केन्द्रिय अध्यक्ष किशोरकुमार यादव, मातृक माओवादीका केन्द्रिय सदस्य महेश यादव, मोर्चा नेताहरु सत्यनाराय यादव, नवनीत झा, फणिकान्त झा, लक्ष्मण यादवसहित १७ जना नेता प्रहरी हिरासतमा रहेको डीएसपी चिमरियाले जानकारी दिए । यस्तै भारदहबाट प्रहरीले राष्ट्रिय मधेस समाजवादी पार्टीका केन्द्रीय उपाध्यक्ष शेखरकुमार सिंह, सप्तरी उपाध्यक्ष सतिशकुमार सिंह, नेपाल सद्भावना पार्टी गजेन्द्रवादीका केन्द्रिय अध्यक्ष विकास तिवारी, मोर्चा नेता श्यामदेव यादवसहित ८ जनालाई नियन्त्रमा लिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Secondary Form Arrest (politically significant)
Weapons Blunt weapon
Primary Cause Other political issues
Secondary Cause Law and Order Violence
Actor 1 - Number of people 17
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation Police
Actor 2 - Youth noyouth
National/Online Media

0 Comments