Incident Reports

एस्कर्टिङ्गमा रहेको ट्रकमा आगजनी

2015-11-11

Madhes, Saptari, Hanumannagar Kankalini, Ward 2

प्रदेश सिमाङ्कनमा परिवर्तन हुनुपर्ने मूख्य माग राख्दै आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताहरुले बुधवार राति बिहान सप्तरीका एक ट्रकमा आगजनी गरेको छ । प्रहरी एस्कर्टिङ्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना. ५ ख ९१६२ नम्बरको मालबाहक ट्रकमा आन्दोलनकारीले सप्तरीको भारदह– १ स्थित पूर्व पश्चिम राजमार्ग खण्डमा आगजनी गरेको हो । आगजनीले ट्रक चालक रौतहटका विजय राई र सहचालक दिपेन्द्र खड्का सामान्य घाइते भएका छन् । बिहान २ बजेतिर नै प्रहरीले उक्त आगजनी भएको ट्रकलाई राजमार्गबाट हटाई बरमझियास्थित सशस्त्र प्रहरी दन्तकाली गणमा ल्याएर राखिएको छ । ट्रकमा आगजनी गर्न पुगेका आन्दोलनकारीहरुले सोही क्रममा दर्जनौं सवारीसाधनमाथि ढुंगा प्रहार गरी सिसा फुटाईदिएका छन् । यसअघि पनि सप्तरीको भारदहसहित राजमार्गको विभिन्न ठाउँमा बन्दको अवज्ञा गरेको भन्दै लगातार प्रहरी एस्कर्टिङ्गमा रहेको सवारीसाधनमाथि ढुंगा प्रहार गर्ने काम गर्दैआएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Arson
Secondary Form Vandalism
Weapons Blunt weapon , Fire
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 15
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth na
Actor 2 - Number of people 12
Actor 2 - Affiliation (Target) Transport entrepreneurs/syndicate
Actor 2 - Youth na
National/Online Media

0 Comments