Incident Reports

चिनी बोकेको ट्रक लुटपाट र आगजनी

2015-11-13

Madhes, Bara, Prasauni

राप्रपा नेपालका सभासद राजकुमार गाडिया संचालक रहेका बाराको मनहर्वास्थित रिलायन्स सुगर एण्ड केमिकल इण्डष्ट्रिजबाट चिनी लोड गरी छुटेका ७ वटा ट्रकमा आन्दोलनकारीले शुक्रकार साँझ आगजनी गरेका छन्। प्रहरीका अनुसार बाराको पर्सौनीबिर्ता नौतनस्थित गण्डक चोक नजिकैको सिंगाह खोलाको पुलमा आन्दोलनकारीले ट्रकहरु नियन्त्रणमा लिएर तोडफोड र आगजनी गरेका थिए। ट्रकमा रहेको बोराबन्द चिनी पनि आन्दोलनकारी र स्थानीयले लुटेर लगेको चालकहरुले बताएका छन्। ना ४ ११६८ र ना ४ ख ३३८४, ना ४ ख ३५८४ नम्बर सहितका ५ वटा ट्रकमा लोड गरिएको चिनी स्थानीयले लुटपाट गर्नुका साथै पोखेर नष्ट गरिदिएको प्रहरीले जनाएको छ। यसमध्ये ३५८४ नम्बरको ट्रकमा आगजनी गरेर आक्रमणकारीले जलाएका छन्। आगजनीबाट उक्त ट्रकको अगाडिको भाग जलेर नष्ट भएको छ। प्रहरीका अनुसार तोडफोड गरिएका अन्य ट्रकहरुमा भने सामान्य क्षति पुगेको छ । यसैबीच आन्दोलनकारीले आगजनी र तोडफोड गर्न थालेपछि स्थानीयले ट्रकहरुमा रहेको चिनीको बोरा लुटेर लगेका छन्। घटना स्थलमा पुगेको प्रहरीले अवस्था नियन्त्रणमा लिन सात राउण्ड हवाइ फायर र केही सेल अश्रु ग्याँस चलाएनु परेको जनाएको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Arson
Secondary Form Vandalism
Weapons None
Primary Cause Robbery/burglary/violent theft
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Transport entrepreneurs/syndicate
Actor 2 - Youth na
Totally damaged Vehicles 7
National/Online Media

0 Comments