Incident Reports

​महिलाको घाँटी रेटेर हत्या

2015-11-14

Gandaki, Lamjung, Marsyangdi

लमजुङको खुदी ६ थाकनमा एक जना एकल महिलाको घाँटी रेटेर हत्या भएको छ । खुदी ६ की ५२ बर्षिय बुधकाशी गुरुङको घाँटी रेटेर हत्या भएको प्रहरीले जनाएको छ । शनिबार राति नै गुरुङको हत्या भएको भए पनि आइतबार दिउँसो मात्र प्रहरीलाई जानकारी आएको र घटनास्थलमा लमजुङका प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक शम्भुप्रसाद ढकाल सहितको टोली पुगेको छ । सदरमुकाम बेसीशहरबाट गाडी र पैदल यात्रा गरी ३ घण्टामा पुगिने थाकनमा घरमा एक्लै बस्दै आएकी गुरुङका श्रीमानको दुई बर्ष अघि नै निधन भएको र छोरा छोरी कोही नभएको गाउँलेले जानकारी दिएका छन् । घरबाट बाहिर ननिस्किएपछि गाउँलेले घरमा हेर्दा हत्या भएको थाहा पाएर प्रहरीमा खबर गरेको खुदी प्रहरी चौकीका ईन्चार्ज सई हरि थापाले बताउनुभयो । हत्यामा संलग्न हुनेको खोजी शुरु भईसकेको र अनुसन्धानका लागि मृतकका भदा पर्ने पूर्णबहादुर गुरुङलाई हिरासतमा लिएको प्रहरी निरिक्षक राजेन्द्र अधिकारीले जानकारी दिनुभयो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Unclear
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
National/Online Media

0 Comments

Related Reports