Incident Reports

मधेशी मोर्चाको कार्यकर्ताद्वारा एमाले सांसद्माथि आक्रमण प्रयास

2015-11-16

Province 1, Morang, Ratuwamai

एमाले सांसद् ऋषिकेश पोखरेल लगायतका नेता कार्यकर्तामाथि आन्दोलनरत मधेसी मोर्चाका कार्यकर्ताले झुर्किया गाविसको पैयामारीमा कात्तिक २९ गते आक्रमणको प्रयास गरेका छन् । मोरङ क्षेत्र नम्बर १ मा आयोजना गरिएको शुभकामना आदान प्रदान कार्यक्रम सकेर फर्कने क्रममा प्रहरीले सडकमा रहेका आन्दोलनकारीलाई हटाउँदा आन्दोलनकारीले ढुङ्गा प्रहार गरेका थिए । आन्दोलनकारीले प्रहार गरेको ढुङ्गा लागेर सांसद पोखरेलसँगै सवार एमाले सचिवालय सदस्य रामलाल साहलाई चोट लागेको छ । उनीहरुको अवस्था सामान्य रहेको छ । आन्दोलनकारीले एमाले झुर्कीया गाउँ कमिटी अध्यक्ष घनश्याम राजवंशीको घर समेत तोडफोड गरेको एमाले मोरङका अध्यक्ष महेश रेग्मीले जानकारी दिए । सांसद् पोखरेल, केन्द्रीय सदस्य महफुज अन्सारीलगायतका नेता सवार बा १३ च ३१४० नम्बरको गाडीमा ढंगा लागेर क्षति पुगेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी प्रमोद खरेलले जानकारी दिए । आन्दोलनरत संयुक्त मधेशी मोर्चाले प्रहरीसँग सामान्य भनाभनका क्रममा दमन गर्न खोजेपछि झडप भएको प्रदर्शनकारीले पक्षको आरोप छ । सुकदेब चौधरी
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (large group)
Weapons Blunt weapon
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth na
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) UML and affiliated org
Actor 2 - Youth na
Total Injured 2
National/Online Media

0 Comments