Incident Reports

थारु र मधेसी मोर्चाको अबको आन्दोलन अधिकारकर्मी विरूद्ध : लेखी

2015-11-19

Lumbini, Dang, Tulsipur

थारु कल्याणकारिणी सभा केन्द्रीय आन्दोलन परिचालन समितिका संयोजक राजकुमार लेखीले थारुहरूको आन्दोलनमा भएको सरकारी दमनकाविरूद्ध मानवअधिकारकर्मीहरूले नबोलेको भन्दै अबको आन्दोलन मानवअधिकारकर्मी विरूद्ध केन्द्रित गरिने बताएका छन् । थारुहरूको आन्दोलनको समीक्षासँगै भावी आन्दोलनबारे छलफल गर्न दाङको लमही आइपुगेका लेखीले मंसिर १ गते लमहीमा आयोजित पत्रकार सम्मेलनमा थारु र मधेसी मोर्चाको आन्दोलन मानवअधिकारकर्मी विरूद्ध हुने बताए । कैलालीमा दर्जनौँ थारुहरूका घरमा सेनाले आगजनी गर्दासमेत चुइक्क नबोलेको भन्दै लेखीले नेपालका मानवअधिकारकर्मी डलरबादी भएको आरोप लगाए । थारुहरूको शान्तिपूर्ण आन्दोलनमा भएको सरकारी दमनप्रति किन बोलेनन् - लेखीले भने, मानवअधिकारकर्मीहरू नेपालका पाँचौ पार्टी हुन् । उनले शान्तिपूर्ण आन्दोलनको सुनुवाइ नगर्दा देश विखण्डन गर्नेहरूलाई बल पुगेको समेत बताए । अबको आन्दोलन थप कडा बनाउने भन्दै उनले पश्चिम नेपालका थारु अगुवाहरूसँग छलफलमा रहेको सार्वजनिक गरे ।

जे.एन.सागर

0 Comments