Incident Reports

भारतीय कम्पनी जिएमआरलाई कार्यालय बन्द गर्न चेतावनी

2015-11-19

Karnali, Surkhet, Birendranagar

विप्लव नेतृत्वको नेकपा माओवादीले माथिल्लो कर्णाली आयोजना निर्माणको ठेक्का पाएको भारतीय निर्माण कम्पनी जिएमआरलाई एक महिनाभित्र सुर्खेत र दैलेखमा रहेका सम्पर्क कार्यालय बन्द गर्न चेतावनी दिएको छ। जिएमआरको सुर्खेतस्थित सम्पर्क कार्यालयमा पुगेर बुधबार विप्लव माओवादीले पुस १ गतेभित्र दैलेख र सुर्खेतका कार्यालय बन्द गरेर फिर्ता जान चेतावनी दिएको हो । 'एक महिनाभित्र हामीले सुर्खेत र दैलेखका कार्यालयहरु बन्द गर्न अनुरोध गरेका छौं,' विप्लव माओवादीका भेरी–कर्णाली इन्चार्ज भरत बम 'रणवीर'ले भने, 'हाम्रो अनुरोधको बेवास्ता गरिए बल प्रयोग गर्न बाध्य हुने छौं ।' उनले पुस १ गतेभित्र बन्द नगरिए २ गते बल प्रयोग गरेर भए पनि सुर्खेत र दैलेखका कार्यालय बन्द गराउने दाबी गरे। आफूहरु सुरुदेखिनै माथिल्लो कर्णाली आयोजना भारतीय कम्पनीलाई दिने निर्णयको विरोधमा रहेको पनि उनले बताए । नेपालमाथि अनावश्यक चासो राखेर भारतले हस्तक्षेप गरेको उनको भनाइ थियो ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Threat/intimidation
Primary Cause Issues related to tenders and the awarding of public contracts
Actor 1 - Number of people More than 10
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth na
National/Online Media

0 Comments