Incident Reports

हत्या अभियोगमा फरार अभियुक्त पक्राउ

2015-11-19

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बाजुरामा भएको हत्या अभियोगमा फरार रहेका अभियुक्तलाई पक्राउ गरेको छ । प्रहरी टोली महेन्द्रनगरको भाँसीस्थित निर्धन उत्थान बैंक पछाडि दाजुको कोठामा लुकीछिपी बसेका बाजुराको दोगडी गाविस वडा नम्बर–८ बस्ने २५ वर्षिय फरार अभियुक्त विरेन्द्रबहादुर रावतलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । कञ्चनपुरमा पक्राउ परेका अभियुक्तलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बाजुरा पठाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता केदार खनालले जानकारी दिनुभयो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons None
Primary Cause Unclear
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
Total Killed 1
National/Online Media

0 Comments

Related Reports