Incident Reports

थरुहटका कार्यकर्ताले बस तोडफोड गरे

2015-11-23

Lumbini, Banke, Rapti Sonari

कञ्चनपुर सदरमुकाम भीमदत्तनगरबाट बेलौरीतर्फ जाँदै गरेको पवनदूत यातायातको म १ ख ४१७ यात्रु बोकेको बसमाथि रामपुर जङ्गलमा तोडफोड गरेको जिल्ला प्रहरी कार्यालय ,कञ्चनपुरले जनाएको छ । जिप्रकाका प्रवक्ता प्रहरी नायब उपरीक्षक केदार खनालले भने– “एउटा बसमाथि तोडफोड गरेको छ ।” कञ्चनपुरमा थारुवानको बन्दको प्रभाव न्यून रहेका बेला सोमबार एक्कासि उनीहरु तोडफोडमा उत्रिएका हुन् । “तोडफोडका क्रममा बसमा रहेका यात्रुलाई कुनै चोटपटक लागेको छैन ।” प्रवक्ता खनालले भने – “बसका सीसा फुटेका छन् ।” धारिलो हतियार, लाठी र पेट्रोलसहित आएका १०–१५ जनाको थारुवान थरुहटका कार्यकर्ता बसमा तोडफोड गरी फरार भएका छन् । क्षतिग्रस्त बसलाई इलाका प्रहरी कार्यालय, बेलौरीको निगरानीमा राखिएको छ । 
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Vandalism
Weapons Blunt weapon , Sharp weapon
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 15
Actor 1 - Affiliations Various Indigenous Parties incl. Tharu
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Transport entrepreneurs/syndicate
Actor 2 - Youth na
Totally damaged Vehicles 1
National/Online Media

0 Comments