Incident Reports

बालिका हत्याका अभियुक्त पक्राउ

2015-11-18

Lumbini, Rupandehi, Gaidahawa

सात वर्षिय बालिकाको हत्या गरेको अभियोगमा एकजनालाई रुपन्देही प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। गत मंसिर २ गते आफ्नै छिमेकी सात वर्षिया बालिका एन्जल दर्जीको हत्या गरेको भन्दै प्रहरीले रूपन्देहीको सूर्यपुरा ५ सिसौघारीका २१ वर्षीय हरी खत्रीलाई पक्राउ गरी सार्वजनिक गरेको हो। ट्याक्टर चलाउँदै आएका खत्रीले स्थानीय कृष्ण बहादुर दमैको छोरी एन्जल दर्जीको घाँटी थिचेर हत्या गरी सिसौघारीमा रहेको खाडलमा पुरेको प्रहरीसामु बयान दिएका छन्। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले निज खत्रीले बालिका सधै आफ्नो घरमा टिभी हेर्न आउने र जुनकुरा आफूलाई मन नपरेकोले मंसिर २ गते गाउँमा पिकनिक गएको बेला मादक पदार्थ सेवन गरी बालिकाको हत्या गरेको स्वीकार गरेको जनाएका छन्। बालिकाको हत्या गरेपछि उनको खोजतलास भएको र आफूले नै घटनास्थलमा लगी बालिकाको शव देखाईदिएको खत्रीले प्रहरीसामु बयान दिएका छन्। पक्राउ परेका खत्री माथि कर्तव्य ज्यान मुद्दा अन्तर्गत कारवाही हुने प्रहरी प्रवक्ता कार्कीले जानकारी दिए।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
National/Online Media

0 Comments