Incident Reports

पेट्राेल ल्याएकाे निहुँमा मधेसी मोर्चाका कार्यकर्ताले जिउँदै जलाए

2015-11-25

Province 1, Morang, Biratnagar

मधेसी मोर्चाका कार्यकर्ताले बन्दको अवज्ञा गरी भारतबाट पेट्रोल ल्याएको भन्दै एक व्यक्तिलाई जिउँदै जलाएका छन्। मोरङ भाथिगठ–७ का २८ वर्षीय बब्लु राजबंशीले भारतबाट एक जर्किन पेट्रोल लिएर नेपाल आएका थिए। पेट्रोल लिएर आउँदै गरेको राजवंशीलाई मोर्चाका कार्यकर्ता र स्थानीय युवाले बन्दको बेला किन पेट्रोल ल्याएको भन्दै पेट्रोल खोसेका थिए। राजवंशीले पेट्रोल दिन नमानेपछि मोर्चाका कार्यकर्ताले जर्किन खोसेर उक्त पेट्रोल राजवंशीमाथि खन्याएर आगो लगाएको राजवंशीका भाइले जानकारी दिए। पेट्रोल छर्केर आगो लगाइएका राजवंशीको शरीरको पचाश प्रतिशतभन्दा बढी भाग जलेको छ। उनलाई उपचारको लागि कोशी अंचल अस्पताल लगिएको थियो। डाक्टरको अंचल अस्पतालमा उपचार हुन नसक्ने बताएपछि राजवंशीलाई धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठान लगिएको छ। उनको अवस्था चिन्ताजनक रहेको चिकित्सकले जनाएका छन्।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Murder/attempted Murder
Weapons Fire
Primary Cause Other political issues
Actor 1 - Number of people 15
Actor 1 - Affiliations Group of civilians (only Target) , Madhes-based Parties
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
National/Online Media

0 Comments