Incident Reports

उद्योग वाणिज्य सङ्घका अध्यक्षद्वारा पत्रकारलाई मार्ने धम्की

2015-11-26

Gandaki, Tanahun, Shuklagandaki

तनहुँ खबर दैनिकका सम्पादक रामशरण नेपालीलाई उद्योग वाणिज्य सङ्घ तनहुँका अध्यक्ष कृष्णराज पण्डितले मार्ने धम्की दिएका छन् । तनहुँ उद्योग वाणिज्य सङ्घ दुलेगौंडा बजार इकाईको पहलमा गत मंगलबार दुलेगौँडामा ग्याँस वितरण गर्ने क्रममा सङ्घका अध्यक्ष पण्डितले अनियमितता गरेको भन्दै सो दैनिकले मंगलबारको अङ्कमा यस बारेमा समाचार प्रकाशित गरेपछि पण्डितले मङ्सिर १० गते आफूलाई जथाभावी गाली गर्दै मार्ने धम्की दिएको पत्रकार नेपालीले बताए । सो दैनिकले गत मंगलबारको अंकमा 'शुक्लागण्डकीमा पनि ग्याँस आयो वितरण प्रक्रियामा नै व्यापक अनियमितता' शीर्षकमा समाचार प्रकाशित गरेको थियो । सो समाचारमा आफ्नो नाम मुछिएको भन्दै अध्यक्ष पण्डितले पत्रकार नेपालीलाई आफ्नो घरमा बोलाएर धम्की दिएको पत्रकार नेपालीले बताए । आरोपित पण्डितले ग्याँसको कुपन वितरणमा आफ्नो कुनै संलग्नता नभएको र बिनाकारण पत्रिकामा आफ्नो नाम आएको हुँदा आफूलाई चित्त नबुझेको बताए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Threat/intimidation
Primary Cause Issues related to freedom of expression and civil rights
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Chamber of Commerce and entrepreneur's associations
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth na
INSEC

0 Comments