Incident Reports

मधेसी माेर्चाको आमसभास्थल स्थानीयले जलाए, इटहरी तनावग्रस्त

2015-11-27

Province 1, Sunsari, Itahari

सुनसरीको इटहरीमा संयुक्त मधेशी मोर्चाले शुक्रबार आयोजना गर्ने आमसभाको स्टेज स्थानीयले आगो लगाएर तोडफोड गरेका छन्। इटहरीको पश्चिम लाईनमा मोर्चाको कार्यक्रम स्थल बनाइएको थियो। नेपालमा नाकाबन्दी र व्यक्ति हत्याको प्रयास गरेर मोर्चाले नेपालीलाई दुःख दिएको भन्दै आक्रोशित स्थानीय युवा, विद्यार्थीहरुले मोर्चाको मञ्च तोडफोड गरेका हुन्। उनीहरुलाई इटहरीमा कुनै पनि कार्यक्रम गर्न नदिने उद्घोषसमेत गरेका छन्। अहिले इटहरी तनावग्रस्त बनेको छ। तोडफोडपछि प्रहरीले इटहरीको सुरक्षा व्यवस्था कडा पारेको छ। भारतको इसारामा मधेस आन्दोलन चलाएर आम नेपालीलाई दुःख दिएपछि मोर्चाको कार्यक्रम बिथोल्नु परेको स्थानीय युवाले बताएका छन्। कार्यक्रममा मधेसी मोर्चाका शीर्ष नेतृत्वले सम्बोधन गर्ने तय भएको थियो। स्थानीयले संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र सद्भावना अध्यक्ष राजेन्द्र महतो, महन्त ठाकुरलाई इटहरी प्रवेशमा रोक लगाएको घोषणासमेत गरेका छन्।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Violent demonstration
Secondary Form Vandalism
Weapons None
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people More than 30
Actor 1 - Affiliations Group of civilians (only Target)
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Madhes-based Parties
Actor 2 - Youth na
National/Online Media

0 Comments