Incident Reports

वैद्य माओवादीले चितवनमा मोदीको पुतला जलायो

2015-11-27

Bagmati, Chitawan, Bharatpur

मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)ले शुक्रबार बिहान चितवनको नारायणगढमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको पुतला जलाएको छ। भारतले नकाबन्दी गरेको विरोधमा मोदीको पुतला जलाएको आयोजकहरुले बताएका छन्। भरतपुरको चौविसकोठीबाट विरोध र्याकली सुरु भएर नारायणगढ सहिद चोकमा आएर टुङि्गएको थियो। सोही स्थानमा माओवादीका कार्यकर्ताहरुले पुतला जलाएका हुन्। माओवादी कार्यकर्ताहरुले मोटरसाइकलमा बोकेर पुतला ल्याएका थिए। र्यासलीका सहभागीहरुले कालो बजारी नियन्त्रण गर्न असफल भएको भन्दै सरकारविरुद्ध पनि नारावाजी गरेका थिए। सहिद चोकमा पुतला जलेलगत्तै प्रहरीले खोसेर निभएको थियो। नाकाबन्दी नखुले देशव्यापी प्रदर्शनमा उत्रने उनीहरुले चेतावनी दिए।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Entity CPN-M (baidya)
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments