Incident Reports

वीरगन्जमा कांग्रेसको सभा बिथोलियो

2015-11-28

Madhes, Parsa, Birgunj

मधेसको जायज माग पूरा गर्ने बहानामा आन्दोलन भाड्न खोजेको आरोप लगाउँदै आन्दोलनरत मधेसी दलले शनिबार वीरगन्जमा कांग्रेसको कोणसभा बिथोलेका छन् । झण्डा खोसेर जलाइदिएका छन् । कांग्रेस नगर कार्य समितिले मधेस आन्दोलनको जायज माग पूरा गर्न सरकार र पार्टीलाई दबाब दिने उद्देश्यले जुलुस प्रदर्शन गरेको थियो । नगर परिक्रमा गरी माइस्थान मन्दिर अगाडि कोणसभा भइरहेको बेला संघीय समावेशी मधेसी गठबन्धनले बिथोलेका थिए । झण्डा खोस्ने क्रममा झडप समेत भएको थियो । गठबन्धन अन्तर्गतका राष्ट्रिय मधेस समाजवादी पार्टीका राजेशमान सिंह, नेपाल सदभावनाका शिव पटेल र संघीय समाजवादी फोरम नेपालका राजकुमार यादव लगायतका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो । 'मधेसको माग प्रति प्रतिवद्धता जनाउने सबैलाई स्वागत गरेका छौँ,' रामसपाका राजेशमान सिंहले भने, 'तर, झण्डा बोकेर आन्दोलन भाड्न पाइँदैन् । पार्टीको झण्डा छाडेर आन्दोलनमा आउनुपर्‍यो ।' कांग्रेस नगर सभापति मो.सहाबुद्दिनले पार्टीको झण्डा जलाइएको कार्यको कडा रुपले निन्दा गरेका छन् । 'कांग्रेसको समर्थन बिना मधेसको माग पूरा हुँदैन्,' पत्रकार महासंघ पर्सामा आयोजित पत्रकार सम्मेलनमा उनले भने, 'हामीलाई स्वागत गर्नुपर्नेमा, झण्डा जलाएर अपमान गरियो ।'
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Program Interference/Obstruction
Secondary Form Demonstration
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Nepali Congress and affiliated org
Actor 2 - Youth na
National/Online Media

0 Comments