Incident Reports

बन्दको अवज्ञा गरेको भन्दै रौतहटमा ट्रक जलाइयो

2015-11-29

Madhes, Rautahat, Chandrapur

बन्दको अवज्ञा गरेको भन्दै आइतबार बिहान चन्द्रनिगाहपुर–बागमति सडकखण्डको पौराई जंगलमा मालबाहक ट्रकमा आगजनी भएको छ । आगजनीको जिम्मेवारी कसैले लिएको छैन । नेक्रबिक्रम चन्द नेतृत्वको माओवादीले आयोजना गरेको नेपाल बन्दको दिन घटना भएकाले आगजनीमा माओवादीको कार्यकर्ता संलग्न भएको आशंका गरिएको छ । सुनसरीको चतराबाट बाँस लोड गरी काठमाडौ आउँदै गरेको ना२ख ९७६४ नम्बरको ट्रकलाई पूर्व पश्चिम राजमार्गको चन्द्रपुर नगरपालिकास्थित पौराई जङ्गलक्षेत्रमा गरिएको हो । आगजनीबाट ट्रकमा पूर्णरुपले क्षति पुगेको छ । जंगलबाट केही समूहमा आएकाहरुले पेट्रोल खन्याई आगजनी गरेको चालक बलराम गौतमले बाए । ‘बन्दको बेला किन चलाएको भन्दै आगो लगाएर भागे’, उनले भने । आगजनीको कुनै समूहले जिम्मेबारी लिएका छैन् । ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका नायव उपरीक्षक मनोजकुमार यादवले घटनास्थलमा तत्कालै प्रहरी पुगी संलग्नको खोजी गरेको जनाए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Arson
Weapons Fire
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Transport entrepreneurs/syndicate
Actor 2 - Youth na
Totally damaged Vehicles 1
National/Online Media

0 Comments

Related Reports