Incident Reports

वर्तमान समस्याको समाधानको माग गर्दै नागरिक समाजद्वारा र्यालीको आयोजना

2015-11-28

Bagmati, Kathmandu, Kathmandu

वार्तालापबाट जारी मधेस प्रदर्शन र भारतीय नाकाबन्दीको अन्त्यको माग गर्दै शनिबार माइतिघर मण्डलदेखि नयाँ बनेश्वरसम्म 'नागरिक रैली' आयोजना गरियो। सिटिजन नेटवर्कले आयोजना गरेको उक्त जुलुसमा पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई, हिसिला यामी, एकीकृत माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, साहित्यकार खगेन्द्र संग्राउलालगायतका सहभागी थिए। कार्यक्रममा सहभागीहरूले मधेस अशान्तिलाई तत्काल समाप्त गर्न, भूकम्प पीडितको आधारभूत आवश्यकताको पूर्ति, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको गठन, सार्वजनिक सम्पत्तीको दुरुपयोग रोक्न, कालो बजार अन्त्य र दैनिक आवश्यक सामानको सहज आपूर्तिको माग गरे। । जुलुसको आयोजना गर्नुको उद्देश्य भनेको जनताप्रति सरकारको दायित्वको बारेमा सम्झाउनु र वर्तमान राजनीतिक समस्याहरू जतिसक्दो चाँडो समाधान गर्ने दबाब सिर्जना गर्नु थियो।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other governance issues
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Naya Shakti
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments