Incident Reports

मधेशी बुद्धीजिवीद्वारा विराटनगरमा प्रदर्शन

2015-11-28

Province 1, Morang, Biratnagar, Ward 5

मधेशी बुद्धिजीवीहरूले मधेश आन्दोलनका मागहरू वार्ताका माध्यमवाट सम्बोधन गरिनुपर्ने भन्दै शनिबार विराटनगरमा प्रदर्शन गरेका छन् । उनीहरूले राज्यले मधेश आन्दोलनमा अत्यधिक दमन गरेको, आफना कुरा राख्न पाउने अधिकारलाई समेत भिजिलान्ते प्रयोग गरी रोक्न खोजेको आरोप लगाउदै प्रर्दशन गरेका हुन् । शनिवार दिउँसो स्थानिय संसारीमाई स्थानवाट स्वतन्त्र मधेशी समाज मोरङको अगुवाईमा सुरु भएको र्‍याली मेनरोड, जिल्ला प्रहरी कार्यालय , विजुली अफिस, धरान रोड हुदै जन आन्दोलन चौकमा पुगी कोण सभामा परिणत भएको थियो । र्‍यालीका सहभागीहरूले एक हातमा कालो झण्डा सहित अर्को हातमा मधेश आन्दोलनको माग पुरा हुनुपर्ने सहितका माग लेखिएको प्लेकार्ड बोकेका थिए । र्‍यालीका चिकित्सक, इन्जिनयर,पत्रकार, प्राध्यापक,कलाकार, शिक्षक सहितको सहभागिता रहेको थियो । स्थानिय जनआन्दोलन चौकमा भएको कोणसभामा बक्ताहरूले सदियौदेखी शोषितपीडित रहेको मधेशी समुदायलाई राज्यले फेरी एक पटक दमन गरेर दवाउन खोजेको आरोप लगाए । उनीहरूले मधेश आन्दोलनको माग पुरा गरि मुलुकलाई स्थायित्व दिनुपर्नेमा सरकार उल्टै गोली बर्साएर दवाउन खोजेकाले सडकमा उत्रनुपरेको बताए । कोणसभामा इन्जिनयर फुलकुमार देब, प्राध्यापकहरूपरसुराम भगत, महेन्द्र यादब, प्राचार्य डि मण्डल, डा. एसएन झा, भगवान झा, शिक्षक हरिनारायण यादब, रामनरेश यादब लगायतका वक्ताहरूले सम्बोधन गरेका थिए । यस्तै मधेशी मोर्चाको सहभागी घटक राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धनले पनि शनिवार विराटनगरमा प्रर्दशन गरेको छ । प्रर्दशनपछि स्थानिय महाबीर चौकमा आयोजित कोण सभामा गठबन्धनका संयोजक सलिम अन्सारी, पुर्व मेयर प्रहलादप्रसाद साह लगायतकाले मधेश आन्दोलनका मागहरू तत्काल सम्बोधन हुनुपर्नेमा जोड दिए । यसैबगरी संयुक्त लोकतान्धिक मधेशी मोर्चाले पनि शनिवार विराटनगरमा प्रर्दसन र कोणसभा गरेको छ । मोर्चाद्धारा प्रर्दशन पश्चात विराटनगर-रानी सडक खण्डको नहर चौकमा आयोजित कोणसभामा संघिय समाजवादी फोरमका केन्दि्रय सदस्यद्धय जयराम यादब, अर्जुन थापा, जिल्ला अध्यक्ष राजकुमार यादब, तमलोपाका जिल्ला अध्यष मो. कादिर लगायतका बक्ताले माग सम्बोधन नहुन्जेल आन्दोलन जारी रहने बताए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments