Incident Reports

सीमावर्ती गाविसमा ६० वर्षीया बृद्धमाथि गोली प्रहार, अवस्था गम्भीर

2015-12-06

Province 1, Morang, Pathari Shanishchare, Ward 6

मोरङको सिसवनी जहदा गाविस ५ मा गएराति अज्ञात समूहले स्थानीय एक बृद्धमाथि गोली प्रहार गरेका छन् । गएराति १२ बजेको समयमा ३–४ जनाको समूहमा आएका हतियारधारीले सिसवनी जहदा ५ का ६० वर्षीय रामप्रसाद मण्डललाई छातिमा गोली हानेको जिल्ला प्रहरीका डीएसपी प्रमोद खरेलले जानकारी दिए । छातिमा गोली लागेका मण्डलको अवस्था गम्भीर छ । उनको कोसी अञ्चल अस्पताल विराटनगरमा उपचार हुन नसकेपछि थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान लगिएको छ । आफनै घरको बरण्डामा सुतिरहेका बेला मण्डलमाथि गोली प्रहार भएको हो । मण्डल गाउँमा झाक्रीको काम गर्नुका साथै खेति किसानी गर्ने मध्यमवर्गीय परिवारका हुन् । भारतीय सिमावर्ती उक्त गाविसमा मध्यराति गोली हानिएपछि स्थानीयबासी त्रसित छन् । घटनास्थलवाट प्रहरीले एकथान कटुवा पेस्तोल र नपडकेको २ राउण्ड गोलीसमेत वरामद गरेको छ । मण्डलमाथि गोली कसले चलाएको हो भन्ने विषया अनुसन्धान भइरहेको डिएसपी खरेलले जनाए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Small arms
Primary Cause Unclear
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
Total Abducted 00
National/Online Media

0 Comments

Related Reports