Incident Reports

धर्नामा बसेका आन्दोलनकारी र स्थानीयबीच झडप ४ घाइते

2015-12-08

Madhes, Rautahat, Gaur, Ward 2

नेपाल भारत सीमा नाका ठप्प पारेर धर्ना बसेका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ता र गौरका स्थानीयबीच मंगलबार साँझ झडप भएको छ । झडपमा ४ आन्दोलनकारी घाइते भएका छन् । गौर–२ का रोहित साहलाई गौर–बैरगनिया सीमा क्षेत्रको मितेरी पुलमा धर्ना बसेका आन्दोलनकारीले दुर्व्यवहार गर्दै हातपात गरेपछि झडप भएको हो । भारतको बैरगनिया बजारबाट विवाहको सामान किनेर फर्कने क्रममा साहलाई दशगजाक्षेत्रमा धर्नामा बसेका आन्दोलनकारीले समान लैजान नदिने भनेपछि बिवाद भएको थियो । त्यस पछि कुटपिट गरेको साहले बताए । घट्ना लगत्तै उनले आफन्तलाई बोलाएपछि स्थानिय र आन्दोलनकारीीच झडप भएको हो । आन्दोलनकारीले साहको मोटरसाइकलको ट्याङ्कीबाट जबर्जस्ती पेट्रोल समेत झिकेर पोखिदिएका थिए । पीडितका आफन्त धर्नास्थल पुगेपछि भएको झडपमा मुडवलवा–४ का चन्द्रगुप्त यादव र गौर–९ फिरोज यादवसहितका ४ आनदोलनकारी घाइते भएका छन् । घाइतेको बैरगनियास्थित क्लिनिकमा उपचार भइरहेको जिल्ला प्रहरीले जनाएको छ । घट्ना लगत्तै सशस्त्र र नेपाल प्रहरीको टोली पुगी स्थिति नियन्त्रणमा लिएको थियो । घट्नामा कसैलाई पक्राउ नगरेको जिल्ला प्रहरीले जनाएको छ । संघीयता सिमाकंन र सविधानको बिरोधमा जारी आन्दोलनको क्रममा मुडवलवाका स्थानिय जुलुसमा निस्केको बेला घट्ना भएको हो । यस अघि पनि दशगजा क्षेत्रमा धर्नामा बसेका आन्दोलनकारी र स्थानियबीच हातहालाहाल भएको थियो । त्यसपछि स्थानियले आन्दोलनकारीको समान फ्याली दिएको थियो । जिल्ला प्रहरीका डीएसपी राजेन्द्र पोख्रेलले घट्नापछि आन्दोलनकारी तितरबितर भएको जनाए । उनले भने, 'साँझ आन्दोलनकारी पुन: दशगजामा धर्नामा बसेको छन् ।' प्रहरीका अनुसार आन्दोलनकारीले उक्त स्थानमा विवाहको समान समेत ल्याउन नदिए पछि पटक पटक झडपको स्थिति आएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Interpersonal
Primary Form Group Clash
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation Protesters/demonstrators
Actor 2 - Youth na
Total Injured 4
National/Online Media

0 Comments

Related Reports