Incident Reports

गोली लागेका दुई जनाको शव परालले छोपेको अवस्थामा फेला

2015-12-12

Madhes, Sarlahi, Ishworpur

सर्लाहीको गौरीशंकरमा अज्ञात समूहको गोली प्रहारबाट दुई जनाको हत्या भएको छ। सागरनाथ वन परियोजना जंगल छेउको श्रीनगरमा शनिबार साँझ करिब ७ बजे गोली लागेक दुई जनाको शव परालले छोपिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। मृतकको शरीरमा गोली लागेको र घटना स्थलबट गोलीको खोकाहरु समेत बरामद भएको छ। मृतकको शरीरमा धारिलो हतियारसमेत प्रहार भएको प्रहरीले जनाएको छ। मृतक दुवै जनाको पहिचान हुन सकेको छैन। दुवै जनाको हत्या गरी परालमा लुकाइएको स्थानीयले बताएका छन्। हत्या गरी फालिएको अवस्थामा दुई शव फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायव उपरीक्षक रमेशकुमार खडकाले बताए। शव फेला परेको जानकारी आएपछि आइतबार बिहानै जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय केशगंजको टोली अनुसन्धानका लागि गौरीशंकर पुगेको खडकाले बताए। परालले छोपेको शव पल्टाएर घटना स्थलको अनुसन्धान भइरहेको घटनास्थल पुगेका इलाका प्रहरी कार्यालय केशरगंजका प्रहरी निरीक्षक दिवाकर घिमिरेले बताए। 'शव भेटेको जानकारी बिहान आएपछि टोली घटनास्थल पुगेको छ,' प्रहरी निरीक्षक घिमिरेले भने, 'हालसम्म मृतकको पहिचान भएको छैन। घटनाको कारणसमेत खुलेको छैन।' मृतक दुवै मधेसी मूलका हुन्।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon , Small arms
Primary Cause Unclear
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Killed 2
National/Online Media

0 Comments

Related Reports