Incident Reports

बन्द गराउँदै हिँड्ने सातजना कार्यकर्ता पक्राउ

2015-12-13

RSS अरुण पूर्वका नौ जिल्लालाई लिम्बुवान स्वायत्त राज्य स्थापनाको मागसहित नौ जिल्लामा अनिश्चितकालीन चक्काजामको आह्वान गर्दै हिँड्ने सङ्घीय लिम्बुवान पार्टी नेपालका केन्द्रीय सचिवसहित पाँचजनालाई प्रहरीले आज झापाको विर्तामोडबाट पक्राउ गरेको छ। पक्राउपर्नेमा सङ्घीय लिम्बुवान पार्टी नेपालका सचिव विषम थापामगरसहित सोही पार्टीका मङ्गल राई, अर्जुन तामाङ, उपेन्द्र एक्तेन र मोहमद हिमरोज रहेका छन्। बिहानैबाट यातायातका साधन जबर्जस्ती बन्द गराउँदै गरेको अवस्थामा उनीहरुलाई विर्तामोडबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ। झापा, मोरङ र सुनसरीलाई प्रदेश नम्बर १ बाट टुक्र्याउन नपाइने भन्दै सो पार्टीले आह्वान गरेको चक्काजामका कारण राजमार्गमा छिटपुट मात्र यातायातका साधन सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। विद्यालयका गाडीसमेत चल्न नदिइएका कारण आज झापाका विद्यालयमा पनि पठनपाठन अवरुद्ध भएको छ । उता प्रहरीले झापाको काँकरभिट्टाबाट पनि उक्त पार्टीका दुईजना कार्यकर्तालाई बजार बन्द गराउँदै हिँड्ने क्रममा पक्राउ गरेको जनाइएको छ। इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायब उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार सङ्घीय लिम्बुवान पार्टी नेपालका जिल्ला सदस्य सामी पालुङ्वा र अमर योङ्हाग पक्राउ परेका हुन्। रासस
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Arrest (politically significant)
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Police
Actor 1 - Youth na
Actor 2 - Number of people 7
Actor 2 - Affiliation (Target) Other/multiple/unspecified political affiliation
Actor 2 - Youth na
National/Online Media

0 Comments