Incident Reports

विप्लव माओवादीद्वारा जग्गा कब्जा

2015-12-14

Karnali, Salyan, Sharada

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी माओवादीले सल्यान र प्युठानमा जग्गा कब्जा गरेको जनाएको छ । माओवादीले किर्ते जालसाजी गरेर अर्काको जग्गा लगेको भन्दै सल्यानका धनबहादुर थापाको जग्गा कब्जा गरेको जनाएको छ । यसअघि सो दलले राप्रपा नेपाल प्युठानका जिल्ला उपाध्यक्ष बुद्धबहादुर जिसीको जग्गा गत ३ मंसिरमा कब्जा गरेको जनाएको थियो । सल्यानका माओवादी सेक्रेटरी डिल्लीराज शर्माले दशकौँअघि बेपत्ता रुन्चे बुढाथोकीको जग्गा धनबहादुरले जालसाजी गरी आफ्नो नाममा गरेको दाबी गरेका छन् । सरकारी कर्मचारीकै मिलेमतोमा एउटा व्यक्तिको जग्गा अर्काे व्यक्तिले नामसारी गरेको व्यहोरासहितको निवेदन स्थानीयले पार्टीलाई दिएकाले सोही आधारमा जग्गा कब्जा गरिएको सेक्रेटरी शर्माले बताए । सो जग्गा पार्टीको केन्द्रीय निर्देशनबमोजिम कब्जामा लिएको उनको भनाइ छ । स्थानीवासीको अनुरोधमा नेकपा माओवादीको युवा संगठन राष्ट्रिय युवा जनस्वयंसेवकले झन्डा गाडेको सेक्रेटरी शर्माले दाबी गरे । कब्जा गरिएको जग्गा स्थानीय कालिका निमाविलाई प्रदान गरिने उनले बताए । प्युठानका जिसीको डेढ रोपनी जग्गा पनि झन्डा गाडेर माओवादीले कब्जा गरेको घोषणा गरेको छ । जिसीले जालसाजी गरी कित्ता नम्बर ८४२ को डेढ रोपनी जग्गा प्युठान नगरपालिका–५ पाण्डेडाँडाकी सावित्रा जिसीबाट पास गरेकाले कब्जा गरेको नेकपा माओवादी प्युठानका सेक्रेटरी रत्नबहादुर थापाले बताए । किर्ते कागजात पेस गरी बुद्धबहादुरले झिम्रुकको जग्गा जग्गाधनीविनै आफ्नो नाममा नामसारी गरी अर्कैलाई बेचेको आरोप माओवादीको छ । जिसीलाई ल्याप्चे लगाई नक्कली तमसुक बनाई रकम असुल्ने, पद र पहुँचको दुरुपयोग गर्ने, ऋण लगेर फिर्ता नगरेकोलगायतका आठवटा आरोप माओवादीले लगाएको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Threat/intimidation
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
National/Online Media

0 Comments