Incident Reports

नयाँ पत्रिकाकर्मीमाथि आक्रमण

2015-12-17

नयाँ पत्रिका दैनिकका काभ्रे संवाददाता राजकुमार गोलेमाथि अज्ञात समूहले सांघातिक आक्रमण गरेको छ । आक्रमणबाट गोलेको देब्रे हातमा गहिरो चोट लागेको छ । गोलेलाई हतियारधारी अज्ञात समूहले मंगलबार राति बनेपामा आक्रमण गरेको थियो । उपचारपछि गोले घर फर्किएका छन् । दैनिक कार्यपछि निवास फर्कने क्रममा बनेपा–२ स्थित आजाद उच्चमाविनजिकै अपरिचित व्यक्तिहरूको समूहले टाउकोमा प्रहार गरेको खुकुरी छल्दा पत्रकार गोलेको बायाँ हातमा चोट लागेको हो । उनको हातमा आठ टाँका लगाइएको छ । घटनाको नेपाल पत्रकार महासंघ तथा नेपाल आदिवासी जनजाति पत्रकार महासंघले भत्र्सना गरेको छ । पत्रकार गोलेमाथिको सांघातिक आक्रमण सिंगो प्रेस जगत् र स्वतन्त्र पत्रकारितामाथि गरिएको आक्रमण भएको महासंघले जनाएको छ ।

0 Comments