Incident Reports

आफ्नो अनुकूल समाचार नआएको भन्दै पत्रिका जलाउने धम्की

2015-12-17

Province 1, Morang, Biratnagar

संघीय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष राजकुमार यादवले विराटनगरबाट प्रकाशित न्यू सृष्टि दैनिक पत्रिकामा आफ्नो अनुकूलको समाचार नआएको भन्दै पत्रिकामा आगो लगाउने धम्की दिएका छन् । फोरम नेपालका जिल्ला अध्यक्ष यादवले सो पत्रिकाको पहिलो पृष्ठमा प्रकाशित मोटरसाइकल र्‍यालीको फोटो तथा क्याप्सनको विषयलाई लिएर पत्रिका जलाउने धम्की दिएका हुन् । नेपाल सद्भावना पार्टीका केन्द्रीय सदस्य दिलीप धाडेवाको नेतृत्वमा निकालिएको मोटरसाइकल र्‍यालीको विषयलाई लिएर पत्रिकामा आगो लगाइ दिने फोरम अध्यक्ष यादवले धम्की दिएको सम्पादक शंकर खरेलले बताए । पत्रकार खरेलका अनुसार मोटरसाइकल र्‍यालीमा यादवको नभइ धाडेवाको नाम आएको भन्दै धम्की दिएको बताए । घटनाको सम्बन्धमा अध्यक्ष यादवले समाचार एकतफि भएकोले सुधार्नुपर्ने सुझाव दिएको बताए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Threat/intimidation
Primary Cause Issues related to freedom of expression and civil rights
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Other/multiple/unspecified political affiliation
Actor 1 - Entity Federal Socialist party
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth na
INSEC

0 Comments