Incident Reports

बेचबिखन गर्न लगिँदै गरिएका चार बालकको उद्धार

2015-12-19

Province 1, Morang, Budhiganga

सुनसरी र उदयपुर जिल्लाका चार बालकलाई विभिन्न प्रलोभन देखाएर भारतमा बेचबिखन गर्न लाँदै गरेको अवस्थामा प्रहरीले टंकिसिनुवारी गाविस-१ शान्तिचोकबाट पुस ३ गते उद्धार गरेको छ । सुनसरी जिल्लाको बराहक्षेत्र गाविसबाट एक अपरिचित व्यक्तिले कुखुराको अण्डा उठाउने काम लगाइ दिने भन्दै बसमा चढाएर भारत जाँदै गरेको अवस्थामा ती बालकहरुको उद्धार गरिएको हो । बालकहरूलाई विराटनगरस्थित सिविन नेपालको बालहेल्पलाइनमा राखिएको छ । उनीहरुलाई परिवारको जिम्मा लगाइने बालहेल्पलाइन जनाइएको छ । आरोपित फारार रहेका छन् । घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी प्रमोद खरेलले बताए । सुकदेब चौधरी

0 Comments