Incident Reports

नगरपालिकाको गाडीमा आगजनी

2015-12-22

Bagmati, Chitawan, Bharatpur

पश्चिमचितवनमा रहेको नारायणी नगरपालिका काकार्यकारी अधिकृत चढ्ने गाडीमा मंगलबार मध्यान्ह आगजनी भएको छ । को १ च २१७८ नम्बरको गाडी नगरपालिका कार्यालय भन्दा पाँच सय मिटर दक्षिणमा शुक्रनगरमा पेट्रोल छर्केर आगो लगाएको स्थानीयले बताएका छन् । चितवन जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) वसन्त कुँवरले आगजनी किन र कस्ले गर्यो भन्ने कुरा नखुलेको बताए । 'कार्यकारी अधिकृत रमेश सुवेदी गाडी चढेर जाँदै गर्दा घटना भएको भन्ने बुझिएको छ । कस्ले र किन ग¥यो भन्ने केहीखुल्न सकेको छैन,' एसपी कँुवरले भने। कार्यकारी अधिकृत र चालकलाई ओरालेर गाडीमा आगो लगाइएको प्रतक्ष्यदर्शीले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Arson
Weapons Fire
Primary Cause Unclear
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
Totally damaged Vehicles 1
National/Online Media

0 Comments

Related Reports